देवानगञ्ज गाउँपालिकामा योजनाहरुको अनुगमन – Nagarikabhiyan : National News

देवानगञ्ज गाउँपालिकामा योजनाहरुको अनुगमन

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा निर्माण सम्पन्न भई सकेको र निर्माण कार्य भईरहेको योजनाहरूको अनुगमन गरिएको छ।

गाउँपालिकाका उपाध्यक्ष कुमारी बिभा यादवको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र पत्रकारको संयुक्त टोलीले मंगलबार अनुगमन गरिएको हो ।

देवानगञ्ज गाउँपालिका वडा नं. ३ स्थित रहेको श्री कृष्ण माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भई सकेको दुई तल्ले आठ कोठे भवन, श्री माध्यमिक विद्यालय पाँचौ सिम्मरमा निर्माण भईरहेको दुई तल्ले आठ कोठे दुई तल्ले भवन र वडा नं. २ स्थित रहेको इलाका प्रहरी कार्यालय देवानगञ्जमा निर्माण सम्पन्न भई सकेको दुई कोठे शौचालयको अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले जानकारी दिनुभयो ।