बालविवाह अन्त्यका लागि अभिभावक सँग छलफल कार्यक्रम देवानगञ्जमा सम्पन्न – Nagarikabhiyan : National News

बालविवाह अन्त्यका लागि अभिभावक सँग छलफल कार्यक्रम देवानगञ्जमा सम्पन्न

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा एक दिने बालविवाह अन्त्यका लागि अभिभावक सँग छलफल कार्यक्रम देवानगञ्ज गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको प्रमुख आतिथ्यमा  मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष मेहताले सानै उमेरमा बालबालिकाको विवाह गर्दा बालबालिकाको शारीरीक, शैक्षिक, सामाजिक, मानसिक लगायत समग्र विकासमा असर पर्नै, सानै उमेरमा गर्भवती हुँदा प्रजनन् अंगहरुको विकास राम्रो सँग नहुँदा आमा र शिशु दुबैको ज्यान जोखिममा पर्ने र महिलाहरुको पाठेघरमा समस्या हुँदा त्यसलाई निकालेर फाल्नै पर्ने जस्ता रोगहरु लाग्ने भएकोले महिलाको शाररीक अवस्था निकै कमजोर हुने हुँदा कम उमेरमा बालबालिकाको विवाह नगर्न आग्रह गर्दै समुदायमा कहि कतै भई रहदा पनि आफलाई जानकारी गराउन अनुरोध गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गरिरहेकी पालिकाका उपाअध्यक्ष कुमारी बिभा यादवले आफु महिला भएकोले महिलाहरुको समस्या नजिक बाट बुझेकोले कम उमेरमा बालबालिकाको विवाह नगर्न अनुरोध गरेका थिए। कम उमेरमा विवाह गर्नाले सबै भन्दा बढी समस्या महिलाहरुलाई हुने गर्दछ जस्को जिम्मेवार हामी आफै हुँन्छौ । हाम्रा बालबालिकाको बारेमा हामिलेनै सोच्नु पर्ने हुन्छ । कानुनी रुपले पनि यो दण्डनिय भएकोले उमेर पुगे पछि मात्र विवाह गर्न उचित हुने कुरामा जोड दिनु भएको थियो ।

प्रमुख प्रसाशकीय अधिकृत रामराज पौडेलले सानै उमेरमा विवाह गर्नाले उत्तपन्न हुने समस्या, नेपालको कानुनमा विवाह सम्बन्धि भएको प्रावधान र बालविवाह गर्नु भन्दा बढी गराउने बढी दोसी भएको बताउदै सहभागी मध्य कोहिले यस्तो नगर्ने कुरामा आफु बिस्वश्त रहेको बताउनु भएको थियो ।

२० बर्ष उमेर नपुगी गरिने विवाह बाल विवाह हो । नेपालको कानुन अनुसार २० बर्ष उमेर पुरा नगरी विवाह गर्न पाईदैन र विवाह भयो भने पनि यस्तो विवाह स्वत बदर हुन्छ । बाल विवाह गराउने र गर्ने सबै जनालाई कानुन अनुसार बारबाही हुन्छ । २० बर्ष भन्दा कम उमेरमा विवाह गर्ने प्रचलन समाजमा बिधमान रहेकोले बालविवाहको अन्त्य गर्न अभिभावकहरु सँग छलफल कार्यक्रम आयोजना गरिएको महिला तथा बालबालिका शाखाकी सृजना पोखरेलले जानकारी दिनु भयो ।

पालिकाकै सभाहलमा सम्पन्न भएको उत्त कार्यक्रममा देवानगञ्ज गाउँपालिका भित्रका एक सय भन्दा बढी महिला पुरुषहरुको सहभागिता रहेको थियो ।