जनप्रिय आधारभुत विद्यालयको चार कोठे भवनको शिलान्यास
३० फाल्गुन २०७९, मंगलवार १०:१०

देवानगंज । सुनसरीको देवानगन्ज गाउँपालिका–७ मा रहेको जनप्रिय आधारभुत विद्यालयको चार कोठे भवनको शिलान्यास गरिएको छ । सोमबार गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले उक्त भवनको शिलान्यास गरेका हुन् । संघिय सरकारको १८ लाख बजेट र दोवानगन्ज गाउँपालिकाको १४ लाख लागतमा भवन निर्माण हुने छ ।
नयाँ भवन निर्माण भएपछि शिक्षणसिकाई क्रियाकलापमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । शिलन्यास कार्यक्रमा देवानगंज गाउँपालिका–७ का वडाध्यक्ष सुर्यनाराण यादव, ओभरसियर चन्द्रशेखर सिंहा, जसपाका प्रदेश उपाध्यक्ष राकेश मेहता, दर्शन एफएफका प्रबन्धक विवेक मेहता लगायत अभिभावक र स्थानियहरुको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया