श्रोत नखुलेको रकमसहित दुई भारतीय पक्राउ – Nagarikabhiyan : National News

श्रोत नखुलेको रकमसहित दुई भारतीय पक्राउ

विराटनगर । विराटनगरबाट श्रोत नखुलेको भारतीय रुपैँयासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बुधबार राती विराटनगर–१५ बाट श्रोत नखुलेको रकमसहित भारत हरियानाका ३० बर्षीय सन्नी गुप्ता र ३४ बर्षीय सुरेन्द्र कुमार पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको गस्ति टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरूलाई चेकजाँच गर्दा ७ लाख २० हजार बरामद गरेको हो । श्रोत नखुलेको अबैध रकमसहित पक्राउ परेका उनिहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।