चीनको शान्ति योजनामा बेलारुसको समर्थन
१८ फाल्गुन २०७९, बिहीबार ०६:५१

बेलारुसले चीनको शान्ति योजनामा आफ्नो पूर्ण समर्थन रहेको जनाएको छ। राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले चिनिया समकक्षी सी चिनपिङसँग युक्रेन युद्ध अन्त्यका लागि बेइजिङको प्रस्तावलाई बेलारुसले पूर्ण समर्थन गरेको बताएका हुन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर सहयोगी लुकासेन्कोले युक्रेनमा रुसको युद्धबारे धारणा पत्र प्रकाशित गरेपछि लुकासेन्को चीनको राजधानी बेइजिङको राजकीय भ्रमणमा छन्। रुसले आफ्नो युरोपेली छिमेकीमाथि गरेको आक्रमणको निन्दा गर्न असफल भएको भन्दै पश्चिमा देशले चीनको आलोचना गर्दै आएका छन्।
संयुक्त राज्य अमेरिका र नेटोले हालै रुसलाई हतियार स्थानान्तरण गर्नेबारे विचार गरिरहेको हुन सक्ने दाबीप्रति उग्र प्रतिक्रिया जनाएको छ । धारणा पत्रमा युक्रेनका सहयोगीहरूले शंका व्यक्त गरेका थिए भने रूसले उक्त प्रस्ताव स्वीकार गरेको थियो। तर द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अहिले ‘शर्त’ नभएको बताएको थियो।
लुकासेन्का बेलारुसले चीनसँग प्राविधिक सहयोग बढाउन चाहेको बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया