बाढि पूर्वसूचनामा आधारित वडास्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम कविलासामा सम्पन्न
४ फाल्गुन २०७९, बिहीबार १७:२५
हरिनगरा । सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ७ कविलासामा बाढि पूर्वसूचनामा आधारित वडास्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
वडा अध्यक्ष मुजम्मिल खाँको अध्यक्षतामा सम्पन्न भएको उत्त कार्यक्रमको आयोजना हरिनगर गाउँपालिकाको समन्नवयमा मौसम पूर्वानुमानमा आधारित अग्रीम वियद कार्य परियोजना अन्तर्गत नेपाल रेडक्रस सोसाईटी सुनसरी जिल्ला शाखाले गरको थियो भने सहयोगी निकायको रुपमा विश्व खाद्य कार्यक्रम, नेपाल रहेको थियो ।
कार्यक्रममा मनसुनको समयमा बाढी आउनु आगावै बाढी आउने सुचना बिभिन्न माध्यमबाट पाए पछि के के गर्ने, कसरी गर्ने, कुन कुन समान सुरक्षित अवस्थामा राख्नने भन्ने विषयमा जानकारी गराएको थियो साथै बाढीको जोखिम र त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी सुनसरी जिल्ला शाखाले जनाईएको छ ।

कार्यक्रममा अध्यक्षता ग्रहण गर्नु भएका वडा अध्यक्ष खाँले यो कार्यक्रमले बाढि बाट हुने छती कम गर्नमा सहयोग पुर्याउने बताउनुभयो। हरिनगर गाउँपालिका भित्र बाढिबाट बढी प्रवाभित हुने वडा भएकोले यस्तो किसिमको सचेतना मुलक कार्यक्रमले वडा बासिमा निकै प्रभाव पार्ने बताउनु भयो । बाटोको छेउछाउमा पराल, गोईठा, सोन्ठि, सुकेको उखुको पात राख्नाले आगलागि हुने सम्भावना बढी भएकोले त्यस्तो कार्य नगर्न पनि जोड दिनु भएको थियो । वडामा कसैलाई कुनै किसिमको समस्यामा भए आफु लाई खबर गर्न समेत आग्रह भएको थिया । साथै आउँदो आर्थिक वर्षमा वडा बाट बजेट बिनियोजन गरी नेपाल रेडक्रस सोसाईटी सँग सहकार्य गरी सम्पुर्ण वडा बासीलाई निशुल्क रगत उपलब्ध गराउने प्रतिबधता समेत व्यत गर्नु भएको थियो ।
कार्यक्रमा वडा सदस्यहरु, वडाका कर्मचरीहरु, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु, समाजसेवीहरु लगायत पत्रकारको उपस्थिति रहेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया