कोशी गाउँपालिकाका कर्मचारीमा कोरोना देखिएपछि पालिका बन्द – Nagarikabhiyan : National News

कोशी गाउँपालिकाका कर्मचारीमा कोरोना देखिएपछि पालिका बन्द

इनरुवा । कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि सुनसरीको कोशी गाउँपालिका ९ दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाको कार्यालयले सूचना जारी गर्दै कर्मचारीमा कोरोना पुष्टि भएकाले कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज सुवेदी द्वारा हस्ताक्षरित सूचनामा गाउँपालिकामा कार्यरत कर्मचारीहरुको पीसीआर परीक्षणको क्रममा ७ जनामा संक्रमण पुष्टि भएकाले कार्यालयको सम्पूर्ण कामकाज बन्द गरिएको व्यहोरा उल्लेख छ ।