देवानगञ्जमा भ्रष्टचार नियन्त्रण र सुशासन प्रवर्दनसम्बन्धी स्थानिय तहस्तरीय अन्तक्रिया कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

देवानगञ्जमा भ्रष्टचार नियन्त्रण र सुशासन प्रवर्दनसम्बन्धी स्थानिय तहस्तरीय अन्तक्रिया कार्यक्रम सम्पन्न

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको आयोजनामा भ्रष्टचार नियन्त्रण र सुशासन प्रवर्दनसम्बन्धी स्थानिय तहस्तरीय अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

देवानगञ्ज गाउँपालिकाको अध्यक्ष बेचनप्रसाद मेहताको प्रमुख आथित्यतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा गाँउपालिकाको उपाध्यक्ष कुमारी बिभा यादव, प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेल, कार्यपालिका सदस्य, सबै वडाका वडाध्यक्ष, सम्पूर्ण शाखाको शाखा प्रमुख, कर्मचारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी वर्ग र पत्रकारको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका कार्यालय प्रमुख अकिल बस्नेतले कार्यपत्र प्रस्तुत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा आयोगको कार्यालय इटहरीबाट सम्पादन भएका काम कारबाहीहरू तथा भ्रष्टाचार एवम् सुशासन कायम गर्ने तर्फ भएका प्रगति स्थितिबारे जानकारी गराउनुभएको थियो ।

भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको राज्यको नीति अनुरूप आयोगले आफ्नो दायित्व निर्वाह गर्न प्रवर्द्धनात्मक, निरोधात्मक, उपचारात्मक तथा संस्थागत क्षमता विकासको रणनीति अवलम्बन गरिरहेको जानकारी गराउनु हुँदै उहाँले भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न सके मात्र समग्र शासन प्रणाली संस्थागत हुने कुरा उल्लेख गर्नु भएको थियो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका सिनियर डिभिजनल ईन्जिनियर धिरज फडेराले स्थानीय तहसँग सम्बन्धित उजुरीको प्रवृत्ति र सुशासन प्रवर्धनमा स्थानीय तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विशिस्ठ अतिथि देवानगञ्ज गाउँपालिका उपाध्यक्ष कुमारी बिभा यादवले यस्ता अन्तरक्रिया कार्यक्रमले जनप्रतिनिधिहरूको क्षमता विकास गर्न र स्थानीय तहमा सुशासन प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नु भयो ।

प्रमुख अतिथि समेत रहेका देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले भ्रष्टाचार न्युनीकरण गर्दै लोकतन्त्रको सबलिकारणको लागि सबै पक्षले सार्थक पहल गर्नु पर्ने त्यसको नेतृत्व राजनीतिक नेतृत्वले नै लिनुपर्ने बताउँदै सदाचारीता अभिवृद्धिको लागी आफू नै उदाहरणीय बन्न सकेमा मात्रै भ्रष्टाचार विरुद्धको अभियानले सार्थकता पाउने विचार व्यक्त गर्नुभयो । उहाँले आयोगको कामकाजको शैलि प्रति प्रश्न गर्दै भने “अख्तियारमा निवेदन हालेको बर्षौ दिन भयो अहिले सम्म त्यसको प्रगतिको बारेमा कुनै जानकारी पाएका छैनौ नत कुनै सुचना नै आको छ ?” आयोगमा व्यत्तिगत रिषिविषिको कारण पनि धेरैले उजुरी दिने गरेको छ जस कारण कामकाजमा निकै समस्या हुने गरेको बताउनु भयो । कुनै कामकाजमा वास्तविकमै अनियमितता भएकोछ भने उजुरी हाल्नुस् आयोगले पनि त्यस्ता उजुरी माथि तुरुन्त एक्सन लियोस भन्ने आग्रह समेत गर्नु भयो । आयो गठन भएको दश बर्षं भन्दा बढी भई सक्यो तै पनि कामकाजमा तिब्रता छैन अझ एक रिर्पोट अनुसार भ्रष्टचारमा नेपाल विश्वको ११० स्थानमा परेमको कुरा सुन्दा अख्तियार अनुसन्धान आयोग नै भ्रष्टचरको अखाडा बनेको कुरा मनमा उबजिएको समेत बताउनु भयो ।

अन्तरक्रियाका कार्यक्रमको खुल्ला सत्रमा सरोकार वाला व्यत्तिहरुले बिभिन्न गुणसो राखेका थिए । गुणसाको जवाफ दिदै कार्यलय प्रमुख अकिल बस्नेतले कार्यक्रमको समापन गर्नु भएको थियो ।