अमेरीकाको राष्ट्रपयि चुनावः यस्तो छ ट्रम्प र बिडेनको उम्मेदवारदेखि राष्ट्रपति बन्नेसम्मको प्रक्रिया – Nagarikabhiyan : National News

अमेरीकाको राष्ट्रपयि चुनावः यस्तो छ ट्रम्प र बिडेनको उम्मेदवारदेखि राष्ट्रपति बन्नेसम्मको प्रक्रिया

एजेन्सी– २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा करीव २ मिलियन मनिसहरूले हिलारी क्लिन्टनलाई मतदान गरे तर उनले चुनाव हारे र डोनाल्ड ट्रम्प राष्ट्रपति बने । यो यसकारण पनि भयो किनकि ट्रम्पको पक्षमा चुनावी कलेज थियो । निर्वाचन कलेजको व्यवस्था अमेरिकी संविधानमा छ ।

निर्वाचन कलेजको २ सय ७० भोटहरूको निर्णयक मत ज्यादै महत्त्वपूर्ण हुन्छ । राष्ट्रपति हुनुको लागि यसको आवश्यता पनि त्यत्तिकै छ । त्यो निर्णयक मत ट्रम्पको पक्षमा गए बिडेनको लागि निराशा हुनेछ । ट्रम्प २ सय ७० को जादुई बिन्दुहरू धेरै मार्गहरूद्वारा पुग्न सक्छन् ।

यदि ट्रम्पले फ्लोरिडा, पेन्सिलभेनिया जित्छन् भने र एरिजोना, जर्जिया, ओहायोलाई उत्तरी क्यारोलिनाको साथ आफ्नो नियन्त्रणमा राख्छ भने उनको बाटो २०१६ जत्तिकै सहज हुनेछ । तर यो समयमा लडाई सजिलो नभएको तर्कहरू आइरहेका छन् । फ्लोरिडामा २९ चुनावी मतहरू छन् र यो ट्रम्पको लागि सबैभन्दा कठिन हुने बताइन्छ । यदि ट्रम्प यता पराजय भए उनी राष्ट्रपति बन्न सम्भव छैन ।

अमेरिकाको कमान्डमा डोनाल्ड ट्रम्प रहनेछन् वा बिडेन चाही केही हप्तामा थाहा हुनेछ । तर यो निष्कर्षमा पुग्ने प्रक्रिया धेरै नै कठिन र जटिल छ । चुनावी अभियान निकै खर्चिलो हुने गरेको छ ।

कसरी अमेरिकामा राष्ट्रपति चुनिन्छ ?
जब अमेरिकाले राष्ट्रपति च्यन गर्छ, ऊ राज्यको प्रमुख मात्र हुँदैन । सरकारको प्रमुख पनि हुन्छ र विश्वको सबैभन्दा ठूलो सेनाको कमाण्डर–इन–चीफ पनि हुन्छ । यो स्पष्ट रूपमा ठूलो जिम्मेवारी हो । यस्तो अवस्थामा सम्पूर्ण प्रक्रिया कसरी काम गर्दछ भनेर जान्न धेरै महत्त्वपूर्ण छ ।

यदि तपाईले अमेरिकी राष्ट्रपति चुनावलाई भारतको साधारण चुनावको तर्फबाट बुझ्ने कोशिस गर्दै हुनुहुन्छ भने तपाई वास्तवमै चिन्तित हुनुहुनेछ । भारतमा दुबै ठूला पार्टीहरू कांग्रेस र भारतीय जनता पार्टीले या त प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गर्छन् वा चुनाव परिणाम बाहिर आएपछि निर्णय हुन्छ ।

अमेरिकामा ठिक यसको विपरीत छ । रिपब्लिकन र डेमोक्र्याटिक पार्टी दुबै ठूला दलले राष्ट्रपति पदको उम्मेद्वार छनौटको बारेमा जनतामाझ रहेका छन् । दुबै दलमा उम्मेदवार बन्न चाहने व्यक्तिहरू प्रत्येक राज्यमा प्राथमिक र ककस चुनावमा भाग लिन्छन् । जो प्राथमिक र ककस चुनाव जित्छ त्यो दुबै पार्टीबाट औपचारिक उम्मेदवार बन्छ ।