हरिनगरमा एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न – Nagarikabhiyan : National News

हरिनगरमा एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

हरिनगरा । सुनसरीको हरिनगर गाउँपालिकामा सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्र प्रमुखहरुको लागि वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी नामक एक दिने गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड हरिनगर शाखाको आयोजना र केन्द्रीय कार्यालय इटहरीको सहकार्यमा हरिनगर गाउँपालिका ४ स्थित शिव मन्दिर परिसरमा रहेको सभाहलमा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई विशेष गरी लघुवित्त कर्जा र बचत सम्बन्धि व्यवसाय दर्ता, व्यवसायको योजना, कर्जा सदुपयोगिता, वित्तीय व्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गरिएको थियो ।

सपोर्ट लघुवित्त वित्तीय संस्थाले समुहमा आबद्ध सबै क्षेत्र र बर्गका साना तथा मझौला ब्यपारी, कृषकहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उदेश्यले यस्ता कार्यक्रम गरिएको र आगामि दिनमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै जाने हरिनगर शाखाको शाखा प्रमुख बिनोद मेहताले जानकारी दिनुभएको छ ।

प्रशिक्षण केन्द्रीय कार्यालय इटहरीको म. ले. प. बिभागमा कार्यरत सोकेन्द्र कुमार राय र प्लानिङ्ग एण्ड मोनेटेरिङ्ग टिपार्टमेन्ट प्रमुख संजय कुमार चौधरीले दिनु भएको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथि हरिनगर गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगत, अतिथि ४ नं। वडाको वडाध्यक्ष देवनारायण मेहता, पत्रकार ब्रहमदेव मेहता, शाखा कार्यालयको कर्मचारीहरु सहित समुहमा आबद्ध ९३ जना भन्दा बढि महिला सदस्यहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरु र उत्तकृस्ट बचतकार्ताहरु लाई खादा, माला र मायाको चिनो प्रदान गरी सम्मान समेत गरेको थियो ।

 

तसविर – ब्रहमदेव मेहता /नागरिक अभियान डट. कम.