सिरिया र टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प, करिब ३०० जनाको मृत्यु
२३ माघ २०७९, सोमबार १३:३२
एजेन्सि । शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या करिब ३०० सय पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्थानीय समय अनुसार सोमबार बिहान सिरियाको सीमा नजिक टर्कीको पजारसिक जिल्लालाई केन्द्रबिन्दु बनाएर ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको हो।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा ५१६ जना घाइते भएका छन् भने ११० जनाभन्दा बढीको मृत्यु भएको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसअघि एक स्थानीय अस्पतालले एएफपीसँगको कुराकानीमा सिरियाली टर्की समर्थक समूहको नियन्त्रणमा रहेको उत्तरी क्षेत्रमा कम्तीमा आठ जनाको मृत्यु भएको बताएको थियो । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमा पनि महसुस गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया