यातायात कार्यालय धनकुटाका प्रमुखमाथी दुव्र्यबहार – Nagarikabhiyan : National News

यातायात कार्यालय धनकुटाका प्रमुखमाथी दुव्र्यबहार

विराटनगर । यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेलमाथि दुव्र्यवहार भएको छ । बुधबार नेकपा बहुमतका कार्यकर्ताले लुइँटेलको कार्यकक्षमै मोसो दलेर उनीमाथी दुव्र्यबहार गरेका प्रहरीले जनाएको छ ।

उनी कार्यकक्षमा बसिरहेको बेला आएका नेकपा बहुमतका कार्यकर्ताले लुकाएर ल्याएको मोसो दलिदिएका थिए । मोसो दलेर दुव्र्यवहार भएको सूचना पाएपछि पुगेको प्रहरीले आरोपित फेला नपारेको र खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

मोसो दलिएको ठाउँबाट नेकपा बहुमतको पर्चा फेला परेको उनले बताए । पर्चामा घुस लिएर मात्र लाइसेन्स निकालिदिने गरेको र आफ्नो मान्छेलाई लाइसेन्स नदिएको आरोप लगाइएको प्रहरीले जनाएको छ ।