देवानगञ्ज गउँपालिका वडा नं. २ मा लघु उद्यम विकास कार्यक्रम (मेडपा) सञ्चालन – Nagarikabhiyan : National News

देवानगञ्ज गउँपालिका वडा नं. २ मा लघु उद्यम विकास कार्यक्रम (मेडपा) सञ्चालन

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गउँपालिका वडा नं. २ मा स्थानिय स्रोत साधनको सदुपयोग गरौं, सिप सिकौं, आमदानी बढाऔं नाराका साथ गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) सञ्चालन गरिएको छ । लघु उद्यमको विकास र प्रवद्र्धनका माध्यमबाट गरीबी निवारणमा टेवा पुर्याउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ससर्त अनुदानमा देवानगञ्ज गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेको हो ।

जस अन्तर्गत देवानगञ्ज गउँपालिका वडा नं. २ का १० जाना महिला र ११ जना युवा गरी २१ जनालाई सात दिने उधमशिलता बिकास तालिम व्यवसाय सचेतना (TOPE) तथा व्यवसाय सुरु (TOSE) तालिम र एक दिने लैंगिक समानता तथा समाजिक समावेशिकरण तालिम दिने देवानगञ्ज गाउँपालिका अन्तर्गतको लघु उधम विकास शाखाकामा कार्यरत उधम विकाश सहज कर्ता रुबि कुमारी साहले जानकारी दिनुभयो ।

गाउँपालिका क्षेत्रमा नयाँ उद्यम सिर्जना गर्न र विद्यमान उद्यमीको सङ्ख्या यकिन गरी उद्यम सञ्चालनका लागि आवश्यक पर्ने तालीम र प्रविधि हस्तान्तरणसम्मको कार्य गरिने छ । यसबाट गाउँपालिका क्षेत्रका बासिन्दाको आयस्तरमा वृद्धि हुनाका साथै रोजगारीका अवसर सिर्जना हुने र युवाले रोजगारीका लागि अन्यत्र भौँतारिँदै हिँड्नु नपर्ने सोचले पालिकाको सातै वटा वडामा यो कार्यक्रम संचालन गएिको कार्यक्रमका प्रमुख अतिथि प्रमुख देवानगञ्ज गाउँपालिकाको प्रसासकीय अधिकृत रामराज पौडेलले बताउनु भयो ।

उनका अनुसार गरीबीको रेखामुनि रहेका, वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमा रोजगारी गुमाएका युवा तथा लघु उद्यम विकासका लागि गरिएको सहयोगमध्ये त्यसअघि आंशिक सहयोग मात्रै प्राप्त गरी सञ्चालनमा नआएका तर थप सहयोग प्राप्त गरी सञ्चालनमा आउने लघु उद्यमसँग सम्बन्धित सेवालाई कार्यक्रममा समेटिएको समेत बताएका छन् ।

उद्घाटन कार्यक्रममामा बोल्दै देवानगञ्ज गाउँपालिका २ का वडा अध्यक्ष जागनारायण मेहताले भने तालिममा सहभागि भएकाहरु नियमित रुपमा तालिम लिई आफुले सिकेको कुरा तालिम पस्चात अरुलाई पनि सिकाएर आफनै स्थानिय स्तरमा प्राप्त स्रोत साधनको प्रयोग गरी रोजगारी सृजना गर्नु पर्ने कुरामा जोड दिएका थिए । आगामि दिनमा पनि यस्ता कार्यक्रमहरु पालिका बाट माग गरी वडा तहमा संचालन गर्ने समेत बताएका थिए ।

यता संचारकर्मी बिरेन्द्र कुमार मेहता (केएम) ले कार्यक्रम बिधि पुर्याउनको लागि मात्र नभई बृहत रुपमा गरी स्थानिय महिला तथा युवाहरुको रोजगारी सृजना गर्ने हिसावले गर्न सुझाव दिएका थिए ।

उद्घाटन कार्यक्रममा कार्यक्रम संचालक सहयोगि गोमा श्रेष्ठ, समाज सेवि बल्लभ मेहता, व्यवसायी पप्पु कुमार भगत, पत्रकार ब्रहमदेव मेहता, डुमरलाल मेहता लागायत सहभागिहरुको उपस्थिति रहेको थियो ।