देवानगञ्ज गाउँपालिकाको १२औँ गाउँ सभा अधिवेशन सम्पन्न – Nagarikabhiyan : National News

देवानगञ्ज गाउँपालिकाको १२औँ गाउँ सभा अधिवेशन सम्पन्न

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १२औँ गाउँ सभा (हिउँदे अधिवेशन) गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताको अध्यक्षतामा सम्पन्न भएको छ ।

गाउँपालिकाको सभा कक्षमा शुक्रबार आयोजित १२ ओँ गाउँ सभाबाट चालु आर्थिक वर्षको हालसम्म कार्यपालिकाले गरेका निर्णयहरू अनुमोदन, विभिन्न योजना तथा कार्यक्रम हेरफेर र गाउँपालिका भित्रका अति महत्त्वपूर्ण योजनाहरू प्राथमिकीकरण गरी प्रदेश र सङ्घीय सरकार, भारतिय दुतावास तथा आयोग समक्ष माग गर्ने प्रस्तावहरूको विषयमा छलफल गरी पारित गरिएको प्रमुख प्रसासकिय अधिकृत रामराज पौडेलले जानकारी दिएका छन् ।

हिउँदे अधिवेशनबाट देवानगञ्ज गाउँपालिकाको देवानगञ्ज शिक्षा ऐन, २०७७ (पहिलो संशोधन) को परिच्छेद २ सम्बन्धि संशोधन विधेयक समेत पास गरेको छ ।

गाउँ सभामा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष कुमारी बिभा यादवले गाउँपालिको नितितथा कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।