देवानगंज गाउँपालिका अध्यक्ष द्धारा आगलागि पिडितहरु लाई राहत हस्तान्तरण – Nagarikabhiyan : National News

देवानगंज गाउँपालिका अध्यक्ष द्धारा आगलागि पिडितहरु लाई राहत हस्तान्तरण

देवानगंज । सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर ७ को पक्की टोलामा मंगलवार विहान आगलागि हुदाँ तिन परिवारको चार वटा घर जलेर नस्ट भए पछि  देवानगंज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताको टोलिले आगलगि पडितहरु लाई राहत समाग्री हस्तान्तरण गर्नु भएको छ ।

स्थानिय रामसोरुप मुखिया, राजेश मुखिया र भोला मेहताको घरमा आगलागि हुदाँ घरमा रहेको अन्न पाता, लता कपडा जलेर नष्ट भएको जानकारी पछि गाउँपालिका अध्यक्ष नेतृवतको टोलीले , चामल, तेल, नुन, दाल, भुजा, व्लानकेट, खाना पकाउने भाडा, तल्कालै हस्तान्तरण गर्नु भएको छ । वडा अध्यक्ष सुर्यनराण यादव, प्रमुख प्रशासकिय अधिकृत राम राज पौडेल, रेडक्रस देवानगंज शाखा इमरान अंसारी लगायतको उपस्थित रहेको थियो ।

चिसोको मौसम भएको कारण गाउँपालिका अध्यक्षले राहत सामग्री हस्तान्तरण गर्दा स्थानियहरु खुशिएका थिए स्थानिय हरिनराण मेहताका अनुसार पालिका अध्यक्षले तत्कालै राहत उपल्ब गराउदाँ आफुहरु खुशि भएको प्रतिकृया दिनु भयो ।
यता रेडक्रस देवानगंज शाखाले समेता पिडितहरु लाई राहता सामग्री हस्तान्तरण गरेको थियो ।