मलाई षड्यन्त्रपूर्वक इन्काउन्टर गर्न खोजिँदैछ: अभिषेक गिरी – Nagarikabhiyan : National News

मलाई षड्यन्त्रपूर्वक इन्काउन्टर गर्न खोजिँदैछ: अभिषेक गिरी

विराटनगर । मोरङ् कारागारका कैदीबन्दीले आज बुधबार पनि आन्दोलन जारी राखेका छन् । चौकिदार अभिषेक गिरीलाई सरुवा गर्न लागिएको भन्दै हिजो मंगलबारबाट आन्दोलन शुरु गरेका उनीहरूले आज पनि बिहानै देखि शान्तीपुर्ण आन्दोलन गरिरहेका छन् । गिरी मोरङ कारागारका चौकिदार समेत हुन । गिरीलाई कैद अवधि सकिनै लाग्दा गृह मन्त्रालयले मकवानपुरको भीमफेरी कारागार सरुवा गर्ने निर्णय गरेको छ । गृहको सो निर्णयसँगै कैदीबन्दी सरुवा रोक्नुपर्ने मागसहित टाउकोमा कालोपट्टी बाँधेर गिरीको ‘सपोर्ट’मा विभिन्न प्ले कार्डसहित आन्दोलनमा छन् ।

मंगलबारदेखि उनीहरूले चौकीदार गिरीको सरुवा षड्यन्त्रपूर्वक भएको र यो स्वीकार्य नहुने भन्दै प्रर्दशन गरेका हुन । कैदीबन्दीले गिरीलाई ‘ठूल्दाइ’ को नाम दिएका छन् । उनीहरूले ‘ठूल्दाइ’को सरुवा रोक्नुपर्ने र जबरजस्ति सरुवा गरेमा जस्तोसुकै परिस्थिति आउनसक्ने चेतावनी दिइरहेको कारागार श्रोतले बताएको छ । गिरीले कैद भुक्तान गर्न अब जम्मा २७ दिन मात्रै बाँकी छ । गिरी २०७८ मंसिर ९ गते केन्द्रीय कारागार डिल्लीबजारबाट मोरङ स्थानान्तरण भएका थिए ।त्यसबखत गिरीलाई मोरङ कारागारमा ल्याउन नहुने भन्दै कैदीबन्दी र उनीहरूका आफन्तले आन्दोलन गरेका थिए । उनीहरूको तिब्र आन्दोलनका कारण गिरीलाई मोरङ कारागार ल्याउन सकस परेको थियो । तर अहिलेको आन्दोलन फरक छ । कारागार श्रोतका अनुसार कैद भुक्तान गर्नै लाग्दा उनीहरूले गिरीलाई मोरङ कारागारबाटै बिदाइ गर्न चाहेका छन् ।

कैदीबन्दीले गिरीको स्थानान्तरण गरेको खण्डमा जस्तोसुकै परिस्थिति आउनसक्ने बताएका छन्’, कारागार श्रोतले भन्यो, ‘उनीहरूले हामीलाई पनि ‘ठूल्दाइ’सँगै लग्नुहोस् भनिरहेका छन् ।’ अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गिरीलाई सरुवा गरेर मोरङबाट भीमफेदी कारागार लैजानका लागि आइतबार पत्र प्राप्त भएको कारागार प्रशासनले जनाएको छ । गृहमन्त्री रवि लामिछानेको निर्देशनमा कारागार व्यवस्थापन विभागले गिरीलाई ‘जतिसक्दो चाँडो’ स्थानान्तरण गर्न मोरङ कारागारलाई पत्र पठाएको थियो । ‘माथिबाट पत्र आएपछि हामीले स्थानान्तरण गर्ने तयारी गरिरहेका छौं,’ निमित्त जेलर तुलसीराम भगतले भने, ‘यहाँ कैदीबन्दीले दबाबपूर्ण धर्ना दिइरहका छन् ।’उनका अनुसार कारागार प्रशासनले स्थानान्तरणको प्रक्रिया सकेर आवश्यक कागजात जिल्ला प्रशासन कार्यालय, मोरङलाई बुझाइसकेको छ । अब, प्रशासनले सुरक्षाको रणनीति तयार गर्दै गिरीको स्थानान्तरण गर्ने छ । गिरीले बरु आफ्नो जिम्बेवारी अरुलाई नै दिएर आफुलाई स्थानान्तरण नगर्न भनिरहेका छन् । फागुन ३ गते गिरीको कैद अवधि सकिँदै छ । उनले मोरङ कारागारबाटै कैद भुक्तान गर्न चाहेको बताएका छन् । ‘या मलाई केन्द्रीय कारागारमा सिफ्ट गरियोस् । यात विराटनगर कारागारमै मेरो जिम्मेवारी अरू कसैलाई सुम्पिइयोस्’, गिरी भन्छन्, ‘म यही कारागारबाट कैद भुक्तान गर्न चाहन्छु तर म भीमफेदी जान चाहन्नँ ।’ गिरीले मानवअधिकार आयोग मोरङलाई कारागार कार्यालय मोरङ मार्फत निवेदन समेत दिएका छन् ।

उनले आफुलाई षड्यन्त्रपूर्वक मार्न खोजिएको भन्दै उचित न्याय मिलाइदिन आग्रह गर्दै मानवअधिकार आयोगमा निवेदन दिएका छन् । निवेदनमा भनिएको छ, ‘मलाइ सरुवा लाने बहानामा बाटोमा मार्ने षड्यन्त्र रहेको साथै कारागार भित्रै पनि मलाई मार्ने प्रयास भएको हुनाले मेरो ज्यान, स्वाभिमान र मानव अधिकार हनन् गर्न खोजिएकोमा यस्ता कार्यलाई यथाशिघ्र बन्द गराई म माथि कुनै किसिमको राजनीतिक हस्तक्षेप वा दवाव नहोस् साथै उचित न्याय दिलाइ दिनु हुन अनुरोध गर्दछु ।’ राजनिती खिचातानीका कारण फेरी मोरङ कारागार अशान्ती तर्फ लागिरहेको छ । कैदिबन्दिहरु कुनै हालतमा अभिषेक गिरीलाइ सरुवा हुन नदिने अडानका साथ आन्दोलन गरिरहेका छन् ।

कानुन विपरित गिरीलाइ सरुवा गर्न खोजे मर्न र मार्न समेत तयार हुने बताउँछन् । कानुन र नियममा १ बर्ष सजाय बाँकी रहेका कैदिबन्दिहरुलाइ सरुवा गर्न पाँइदैन् तर मलाइ भिमफेदी कारागार सरुवाको नाममा इन्काउन्टर गर्ने योजनाका साथ लगिदैछ , झन मेरो त २८ दिन पनी बाँकी छैन कैद भुक्तानीका लागि गिरी बताउँछ । हिजो मेरो अपराधिक गतिविधि भएता पनी मैले आफ्नो सजाय काटिसक्न लागेको छु, तर बेलाबेला केहि बाहिरि ब्याक्तहरुले बदनाम गराउन नराम्रा समाचारहरु लेखिदिने गरेका छन् । जुन भ्रामक र असत्य भएको गिरी बताउँछन् ।