बर्जु महोत्सवमा भारतिय बिहारको भोजपुरी सुपर स्टार खेसारीलाल यादव आउँदै
२ माघ २०७९, सोमबार १५:०७

देवानगञ्ज । सुनसरीको बर्जु गाउँपालिका ६ चिमडी स्थित बर्जु तालको एक नम्बर गेट निर जारी रहेको बर्जु महोत्सवमा भोलि माघ ३ गते (मंगलबार) भारतिय बिहारको भोजपुरी सुपर स्टार खेसारीलाल यादव आउने भएका छन् ।
स्थानीयस्तरमा पर्यटक प्रवर्धन गर्ने गरी स्थानीय उत्पादनको पर्दशन सँगै प्रत्येक दिन बिभिन्न कलाकारहरुले आफनो प्रस्तुति दिदै आएको बर्जु महोत्सवमा सुपर स्टार यादव पनि आउने भएको हो । बर्जु तालको एक नम्बर गेट छेउमा पुस २२ गतेदेखि सुरु भएको बर्जु महोत्सव भोलि माघ ३ गते (मंगलबार) भोजपुरी सुपर स्टार खेसारीलाल यादवको प्रस्तुति सँगै समापन पनि हुने आयोजक बर्जु सामुदायिक विकास केन्द्रका अध्यक्ष श्रवन चौधरीले जानकारी दिनुभएको छ ।
भोलि बिहान ११ः०० बजे देखि दिउँसो ३ः०० बजे सम्म सुपर स्टार यादवले आफनो प्रस्तुति दिने छन् । सुपर स्टार यादव आउने भए पछि सो दिन आयोजकले महोत्सव स्थल प्रवेश गर्नको लागि प्रवेश शुल्क रु. ५०० सय राखिएको जनाएकाे छ ।
महाेत्सवमा आउन लागेकाे कुरा भाेजपुरी सुपर स्टार खेशारीलाल यादवले एक भिडियो सन्देश जारी गरेर आफु बर्जु महोत्सवमा आउन लागिएको बताएका छन् । साथै बिगतको जस्तो यस पटक नगर्न, दर्शक र सुभेक्षुकरू लाई आग्रह समेत गरेका छन् ।
गत वर्ष आयोजना गरिएको महोत्सवमा सुपर स्टार यादव आउने भनिए पनि समयमा नआएकोले आक्रोसित दर्शकले स्टेज र चार ओटा भातिय नम्बरको गाडिमा तेडफोड गरेर आगो समेत लगाईएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया