प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५९, विपक्षमा ३२ मत – Nagarikabhiyan : National News

प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५९, विपक्षमा ३२ मत

बिराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।

शुक्रबार उनले नेकपा एमालेको ४०, माओवादी केन्द्रको १२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, जनता समाजवादी पार्टीको एक गरी ५९ विस्वासको मत प्राप्त गरेका हुन् ।

नेपाली काङ्ग्रेसको २८ र एकीकृत समाजवादी पार्टीको चार गरी ३२ जनाले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिएनन् ।

मत विभाजनअघि विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिन दलका नेताहरूलाई सभामुख बाबुराम गौतमले समय दिएका थिए ।

संविधानको धारा १६८ को उपधारा ४ मा उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा कार्की पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।