माओवादी सहभागी नभएपछि राप्रपा र जसपालाई मिलाएर प्रदेश १ मा सरकार गठन – Nagarikabhiyan : National News

माओवादी सहभागी नभएपछि राप्रपा र जसपालाई मिलाएर प्रदेश १ मा सरकार गठन

विराटनगर । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री कार्कीले माओवादी सहभागी नभएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीलाई मिलाएर सरकार गठन गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले केहीबेरमा शपथ ग्रहण गर्ने भएका हुन् ।

मुख्यमन्त्री कार्कीसँगै एमालेका ताप्लेजुङ १९१० बाट निर्वाचित प्रदेश सांसद तीलकुमार मेन्याङ्बो मन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बू मन्त्रीमा नियुक्त भएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । उनीहरू बिनाविभागीय मन्त्रीमा नियुक्त भएको उनले बताए ।