काँग्रेसबाट लिङ्देनलाई प्रधानमन्त्रीको अफर ! अनैतिक खेलमा नलाग्ने राप्रपाको जवाफ – Nagarikabhiyan : National News

काँग्रेसबाट लिङ्देनलाई प्रधानमन्त्रीको अफर ! अनैतिक खेलमा नलाग्ने राप्रपाको जवाफ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत नदिन प्रमुख प्रतिपक्षी दल नोपाली काँग्रेसले विभिन्न दलहरुसँग लविङ थालेको छ ।

नेपाली काँग्रेसको सभापति स्वयम र अन्य नेताहरु मार्फत प्रचण्ड नेतृत्वको सरकार ढाल्न काँग्रेस लागि परेको हो । जसका लागि काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र जनता समाजवादीसँग छलफल गरिरहेको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत नपाए सरकार ढल्छ । सोही प्रयासका लागि काँग्रेसले हाल सत्ता गठबन्धनमै रहेका दलहरुलाई फुत्काएर सरकार बाहिर ल्याउने प्रयास गरिरहेको हो ।

स्रोतका अनुसार काँग्रेसले सत्ता गठबन्धन छाडेर आए राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको अफरसमेत दिइसकेको छ ।

काँग्रेसले राप्रपासँग बिहीबार मात्रै उक्त विषयमा छलफल गरेको थियो । त्यस्तै देउवाले शुक्रबार नै जनता समाजवादीका अअध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए । तर यादवले देउवाको भनाइमा काँग्रेसले पनि प्रचण्ड नेतृत्वको सरकारलाई नै विश्वासको मत दिएर राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने जवाफ दिएको जनाइएको छ ।

उता राप्रपालाई भने प्रधानमन्त्रीसहित चारवटा मन्त्रालय दिन सकिने भनेर कांग्रेसबाट प्रस्ताव काँग्रेसबाटै गएको थियो ।

जसको जवाफमा राप्रपाले अनैतिक खेलमा नलाग्ने भनेको बुझिएको छ । जस्तोसुकै प्रस्तावहरु आएपनि राप्रापले परिपक्व निर्णय गर्ने नेताहरुले प्रतिकृया दिएका छन् ।

प्रचण्ड काँग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको ७ दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । उनी विश्वासको मत पाउने वातावरण बनाउनमा प्रयत्नशील छन् ।

माओवादीका नेताहरुले स्वयम् काँग्रेसलाई पनि प्रचण्डलाई विश्वासको मत दिन आग्रह गरिरहेका छन् ।