प्रदेश– १ मा नयाँ सरकार गठनका लागि दलहरुलाई अह्वान
१७ पुष २०७९, आईतवार १६:०८
विराटनगर । प्रदेश १ मा नयाँ सरकार गठनका लागि दलहरुलाई अह्वान गरिएको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परशुराम खापुङले नयाँ प्रदेश सरकार गठनका लागि आह्वन गरेका हुन् ।संविधानको धारा १६८ को उपाधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई सरकार निर्माणको लागि आह्वान गरिएको छ । उपधारा १ मा बहुमत प्राप्त दललाई सरकार गठनका लागि अह्वान गर्ने प्रधावधान छ । तर गत मंसिर ४ गतेको निर्वाचनमा कुनै पनि दलले बहुमत नल्याएपछि उपधारा २ अनुसार प्रदेश सरकार गठन हुनेछ ।अब दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्नेछ ।दलहरुरलाई मुख्यमन्त्रीको दाबीका लागि प्रदेश प्रमुख खापुङले आगामी पुस २४ गते अर्थात अर्को आइतबार ५ बजे सम्मका लागि समय दिएक छन् ।
संविधानको धारा १६८ को उपधारा ३ मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा ९२० बमोजिम मुख्यमन्त्री नियुक्त हुनसक्ने अवस्था नरहेमा उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ।
प्रदेश १ मा एमाले सबैभन्दा ठूलो दल रहेको छ । एमालेसँग ४० सिट रहेको छ। दोस्रोमा रहेको कांग्रेससँग २९ माओवादी केन्द्र १३, त्यस्तै एकीकृत समाजवादी पार्टीको ४, जनता समाजवादी पार्टीको १ र राप्रपाको ६ सिट रहेको छ ।
प्रदेश १ मा नयाँ सरकार बनाउनका लागि ४७ सिट संख्या आवश्यक रहेको छ ।
विज्ञप्ति

फेसबुकबाट तपाईको प्रतिक्रिया