आजको राशिफल स् २०७९ असार २१ गते (मंगलवार) – Nagarikabhiyan : National News

आजको राशिफल स् २०७९ असार २१ गते (मंगलवार)

मेष  (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बृष  (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

कामहरु समयमा गर्न सकिने हुदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।

कर्कट  (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा बिश्वासको वाताबरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।

सिंह  (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पढाइ लेखाइमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ । मायाप्रेममा अबिस्वास बढ्नेछ । बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।

कन्या  (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेहुदा मन प्रशन्न रहनेछन् ।

तुला  (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा उपचार खर्च बढ्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेहुदा मनमा असान्तिले गतिलो डेरा जमाउँनेछ । पारिवारिक सम्बन्ध तथा पतीपत्निबिचको सम्बन्धमा केहि खल्लो अनुभुति भएको महशुष हुनेछ ।

धनु  (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पुराना समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला । अध्ययन अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षसँग बिवाद बढ्ने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धिमुलक कामहरु गर्न सकिनेछ ।

कुम्भ  (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाइ लेखाइमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुदा मन खिन्न हुनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दुरिको यात्रा हुने अत्याधिक सम्भावना रहेकोछ ।

मीन  (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दाजुभाई तथा छिमेकिको साथ नपाइने हुदा मन खिन्न रहनेछ । प्रयण सम्बन्धमा चिसोपन बढ्ने भएपनि अन्तत एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ ।