परिवार नियोजनको साधन प्रयोग गर्ने आझै कम – Nagarikabhiyan : National News

परिवार नियोजनको साधन प्रयोग गर्ने आझै कम

जन्मान्तर र जनसंख्या निन्यन्त्रणका लागि प्रयोग गरिने अस्थायी र स्थायी परिवार नियोजनाका साधन सुनसरी जिल्लामा आफै न्यून रहेको छ । परिवार नियोजनका साधन प्रयोगकर्ता ५० प्रतिशतभन्दा कम रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । जिल्ला सदरमुकाम इनरुवामा स्वास्थ्य कार्यालय सुनसरी र बुद्ध हेल्थ प्रोमोशन एजुकेशन सेन्टर राजविराजको आयोजनामा सम्पन्न भएको परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजान शिशु विषयक अन्तरकृया कार्यक्रममा दिएको जानकारी दिनुभयो पछिल्ला वर्ष परिवार नियोजन र यसका साधनबारे प्रचारप्रसार धेरै भए पनि ५३ प्रतिशतले परिवार नियोजन साधनको प्रयोग नगरेको पाइएको छ । जिल्लामा दुई वर्षदेखीको कोरोना कहर सहित विभिन्न कारण र केही समुदायमा धार्मिक अन्धविश्वाशका कारणले परिवार नियोजनका साधन प्रयोगकर्ता ५० प्रतिशतभन्दा कम रहेको जनस्वास्थ्य अधिकृत दिक्षा श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले जिल्लाको तथ्यांक प्रस्ुतत गर्नुहुदै परिवार नियोजन साधन प्रयोग कर्ता ४७ प्रतिशत रहेको, सुरक्षित मातृत्व तथा नवजान शिशुको हकका पहिलो पटक गर्भवती भएकी मध्ये ११४ दशमलव १ प्रतिशतले गर्भ जाँच गराएको भएको पनि चार पटक गर्भ जाचँ गराउने संख्या ६५ प्रतिशत मात्रै रहेको जानकारी दिनुभयो वहाँले गर्भ बसेदेखी प्रसुती भएको ४५ दिनपछिसम्म नियमित जाचँ गर्नुपर्नेमा कुल ३२ प्रतिशतले मात्रै जाच गराउने रहेको तथ्य सुनाउनुभयो । गर्भवती मध्ये ४१ प्रतिशतले मात्रै अझैसम्म स्वास्थ्य संस्थामा प्रसुति गराउने गरेको तथ्यांक रहेको छ । पछिल्ला वर्ष परिवार नियोजन र यसका साधनबारे प्रचारप्रसार धेरै भए पनि जिल्लामा अझै पनि यी साधनको प्रयोग न्यून पाइएको छ । सुनसरी जिल्ला अरुको तुलानमा बढी भएपछि विशेषगरी गाउँका गरिब समुदाय, दुर्गम क्षेत्र, दलित र मुस्लिम समुदायमा यसको प्रयोग न्यून देखिएको स्वास्थ्य कार्यालय सुनसरी प्रमुख सागर प्रसाईले बताउनुभयो । ती समुदायमा प्रचारप्रसार गरिएको भएप िपरिवार नियोजनका साधनको उपयोगिताबारे सचेतना अझैपुगेको छैन, यसलाई सचेतना, जनचेतना र शिक्षाद्वारा मात्रै परिवर्तन गर्न सकिने प्रसाईको भनाई छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व प्रदेश सदस्य जयकृष्ण यादवले परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजान शिशुको सवालमा जिल्लाका संचारकर्मीहरुले स्वहस्फूत रुपमा काम गर्दै आएको र थप योगदान गर्न तयार रहेको बताउनुभयो ।
आयोजक संस्थाका इन्द्रबहादुर बानियाँका अनुसार परिवार नियोजनका साधन प्रयोगले शरीरलाई कमजोर पार्ने, रोग लाग्ने, देवता, भगवान, अल्लाह रिसाउने, बाँझोपन हुनेजस्ता गलत बुझाइका कारण यसको प्रयोग बढ्न नसकेको हो । स्वास्थ्य सर्वेक्षण– २०१६ अनुसार नेपालमा ४३ प्रतिशत व्यक्तिले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने गरेको देखाएको छ । भने अहिले आएर ४७ प्रतिशतले परिवार नियोजनाको साधन प्रयोग गरेको विश्वकै तथ्यांक हेर्ने हो भने यसको प्रयोग ६४ प्रतिशत रहेको बानियाँको कथन छ ।
बानियाँले भन्नुभयो, “परिवार नियोजनका साधनलाई पहिले बच्चा नजन्माउने उपायको रूपमा मात्रै लिइन्थ्यो । आजभोलि यसलाई किशोरकिशोरी स्वास्थ्य सुधार, नवजात तथा बालस्वास्थ्यसँग पनि जोडेर हेरिन्छ ।” ‘यो महिला सशक्तीकरण र आर्थिक उत्थानसँग पनि जोडिएको छ, यसको प्रयोग बढाउन अभियान नै आवश्यक छ ।’
‘परिवार नियोजन कार्यक्रम स्वास्थ्यसँग मात्रै जोडिएको छैन, यो शिक्षा, वातावरण लगायत बहुविषयगत कुरा हो, यसको विस्तार हुन आवश्यक छ ।’ वैदेशिक रोजगारका कारण पनि यस्ता साधनको प्रयोग घटेको बानियाँले भन्नुभयो । ‘दम्पती लामो समयसम्म छुट्टिएर बस्छन् । उनीहरूबीच यौनसम्पर्क नै हुँदैन, अनि कसरी प्रयोग बढोस् ?’ उहाँले भन्नुभयो ।
यस्ता साधनले अनिच्छित गर्भ हुन नदिई गर्भपतन रोक्ने हुनाले मातृ मृत्युदर घटाउनसमेत मद्दत गर्ने बानियाँ बताउँनुहुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार अनिच्छित गर्भ रहेका सबै महिलाले परिवार नियोजनका साधन प्रभावकारी रूपमा प्रयोग गरे मातृ मृत्युदर ३० प्रतिशत घट्छ । किशोरी अवस्थामा गर्भको कारण हुने मातृ मृत्युदर २० वर्षमाथिका महिलामा दोब्बर भइरहेको संगठनको तथ्यांक छ । नियोजनका साधन प्रयोग गरी जन्मान्तर घटाउनुपर्ने चिकित्सकहरूको सुझाव छ । ‘दुई वर्षभन्दा कम अन्तरमा बच्चा जन्माए बच्चाको मृत्यु हुने जोखिम धेरै हुन्छ,’ स्वास्थ्य प्रमस प्रसाईले भन्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खड्काले परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजान शिशुको सवालमा संचारकर्मीहरुले आफ्नो तहबाट सहयोग गर्दै आएको र थप गर्न तयार रहेको बताउनुभयो । यी विषयहरुमा पत्रकारहरुलाई समेत खोज र अनुशंधानमुलन समाचार र स्टोरीका लागि समन्वय गर्न समेत सरोकारबालाहरुलाई आग्रह गर्नुभयो । अन्तरकृया कार्यक्रममा स्वास्थ्य र संचार क्षेत्रका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।
१, सुनसरी सदरमुकाम इनरुवामा आयोजित परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजान शिशु विषयक अन्तरकृया कार्यक्रममा सहभागि सरोकाबरालाहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा