तारा एयरको जहाजको खोजी मुस्ताङको घाँसामा केन्द्रित
१५ जेष्ठ २०७९, आईतवार १२:०१
काठमाडौं । सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए । हराएको जहाज खोज्न लेते र काभ्रेभीर आसपास टोली खटिएको प्रजिअ शर्मा बताउँछन् ।
पोखराबाट जोमसोम उडेको जहाज अझै सम्पर्कमा आउन सकेको छैन । पोखराबाट १० बजेर १५ मिनेटमा उडेको ९ एन एईटी जहाज २० मिनेटमा जोमसोम पुग्नुपर्ने थियो ।
उक्त सम्पर्कविहीन जहाजमा चालक दलका सदस्य सहित २२ जना सवार रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया