कोशीमा मन्दिर र मदर्शालाई पाँच÷पाँच हजार दिने, गढीमा विपन्नलाई एम्बुलेन्स सेवा निशुल्क दिने निणर्य
१० जेष्ठ २०७९, मंगलवार १६:४६
सुनसरीको सीमावर्ती कोशी गाउँपालिकामा आउनुभएका जनप्रतिनिधिहरुको पहिलो बैठक तथा पदभार ग्रहणका क्रममा पालिकाभरीका सबै मन्दिर र मदर्शामा पाँच÷पाँच हजार रुपियाँ दिने निणर्य गरेको छ । पहिलो निर्णयमा पालिकाका नागरिकहरुको आस्थाको केन्द्रको रुपमा रहेको मन्दिर र मदर्शालाई पाँच हजार रुपियाँका दरले दिने निर्णय गरेको हो । कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको अध्यक्षका स्वकिय सचिव धमेन्द्र विश्वासले जानकारी दिनुभयो ।
त्यसैगरी गढी गाउँपालिकाले विपन्न, गरिब, दलित, अपांगता भएका तथा सिमान्तकृत समुदायका नागरिक बिरामी भएको खण्डमा आकस्मीक सेवा लिएकाहरुलाई एम्बुलेनस सेवा निःशुल्क दिने निर्णय गरेको छ । गढी गाउँपालिका अध्यक्ष आशनारायण चौधरीको अध्यक्षतामा बसेको पहिलो बैठकले स्वास्थ्य सेवामा पहुच वृद्धि गर्न एम्बुलेन्स निशुल्क र हुनेखानेहरुलाई न्युनतम शूल्कमा सेवा दिने तथा आपतकालिन प्राकृतिक प्रकोप तथा आगलागीका घटना भएको खण्डमा तत्काल राहत वितरण गर्ने र आपत्कालिन समस्या, गुनासो सुनवाईका लागि २४ घण्टे हेल्प डेक्स राख्ने निणर्य गरेको छ ।
त्यसैगरी इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको अध्यक्षतामा भएको पहिलो बैठकले सरकारले घोषणा गरेको दुई दिने विदालाई पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
उता विभिन्न स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालेसगैं विभिन्न निणर्य गर्न थालेका छन् ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित जनप्रतिनिधिले विभिन्न वाचा र प्रतिबद्धता गर्न थालेका छन् । पदभार ग्रहण गर्दै उनीहरूले विभिन्न घोषणा समेत गर्न थालेका हुन् ।
भोक्राहा नरसिंहमा ५० जना विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा गरिदिने निणर्य
जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकामा नव निर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठकले ५० जना विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा गरिदिने निणर्य गरेको छ । भोक्राहा नरसिंहका अध्यक्ष अजमल अख्खतर आजादको अध्यक्षतामा बसेको बैठकले पालिकाका ५० जना सुकुम्बासी तथा विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा गरिदिने निणर्य गरेको हो । आजादले पदभार ग्रहण गर्नुभएको दिन दलित गरिब बालबालिकाहरुलाई पौष्टिक आहार र गर्भवती तथा सुत्केरीहरुलाई पनि सहयोग गर्नुभयो ।
हरिनगरमा १० जना विपन्न परिवारलाई पक्की घर निर्माण गरिदिने निणर्य
जिल्लाको सीमावर्ती हरिनगर गाउँपालिकामा पदभार ग्रहण गरेको दिन नै स्थानीय तह सदस्य निर्वाचन २०७९, बाट निर्वाचित गाउँकार्यपालिकाको प्रथम बैठकबाट केही महत्वपूर्ण निर्णय गरेको अध्यक्ष गफार अंसारीले जानकारी दिनुभयो ।
अध्यक्ष अंसारीका अनुसार पहिलो बैठकले विपन्न गरीब मजदुरहरुलाई लक्षित गरीबीमा कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक वर्ष १० वटा गरीब विपन्न घर परिवारहरुलाई पक्की घर निर्माण गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
स्थानीय तह सदस्य निर्वाचन २०७९, बाट निर्वाचित भएपश्चात निर्वाचित गर्नु हुने सम्पूर्ण मतदाता आम हरिनगर गाउँबासीहरु तथा यस निर्वाचनमा सहयोग पु¥याउनु हुने सम्पूर्ण कर्मचारीहरु, सुरक्षाकर्मीहरु, सञ्चारकर्मीहरु समेतलाई धन्यवाद ज्ञापन गर्नेे निर्णय गरेको हो । त्यसैगरी हरिनगर गाउँपालिकाको अधिकांश भुभाग कृषि योग्य जमिन रहेको, यहाँका बहुसंख्यक घर परिवारको मूख्य पेशा कृषि रहेको, गाउँपालिकामा आधुनिक कृषि प्रणालीको विकास गर्न आधुनिक प्रविधिको प्रयोग गरी शासन प्रक्रिया एवम् सेवाप्रवाहमा सुधार गर्दै कृषि विकासको माध्यमबाट स्थानीय आर्थिक विकास गर्न नवप्रवर्तनमा आधारित कार्यक्रम “स्थानीयआर्थिक विकासका लागि शासन प्रक्रिया र सेवाप्रवाह सुधार कार्यक्रम”सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष गफार अंसारीले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकमा हरिनगर गापा क्षेत्र भित्र रहेका पक्की सडकहरुमा सडकबत्तीको व्यवस्था गर्ने, हरिनगर क्षेत्र भित्रनिर्माण भइरहेको कालोपत्रे सडकहरुको निर्माण कार्य यथाशिघ्र सम्पन्न गराउने, विपन्न गरीब मजदुरहरुलाई लक्षित गरीबीमा कार्यक्रम सञ्चालन गर्ने र . प्रत्येक वर्ष १० वटा गरीव विपन्न घर परिवारहरुलाई पक्की घर निर्माण गरी हस्तान्तरण गर्ने निर्णय गरेको अध्यक्ष गफार अंसारीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया