संविधान सबैको सर्वस्वीकार्य बन्न संसोधन हुनुपर्ने: राजेन्द्र महतो
२८ आश्विन २०७७, बुधबार १८:३५
सप्तरी । जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले संविधान संशोधन नगरिकन सर्वस्वीकार्य हुन नसक्ने बताउनुभएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुलामा मंगलबार पार्टीका नेता स्व. धर्मनारायण रायको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले संविधान सबैको सर्वस्वीकार्य बन्नलाई जनताको समस्या पहिले समाधान हुनु जरुरी रहेको बताउनुभयो ।
साथै उहाँले आफूहरु मधेशदेखी पहाडसम्मका सिमान्कृत जनताको पिडित रहेका आवाज मुखरित हुने गरि संविधान संशोधन संशोधन हुनुपर्ने जोड दिनुभयो ।
आफूहरु त्यसैका लागि संघर्षरत रहेको प्रष्ट पार्दै मुलुकमा तेश्रो विकल्पको रुपमा राजनीतिक पार्टीको आवश्यकता रहेको भन्दै आफूहरु सोका लागि समेत बृहत एकता गरि रहेको बताउनुभयो ।
मुलुकका दुई ठूला राजनीतिक पार्टीको कार्यशैलीलाई जनताले हेरिसकेको र तिनीहरुबाट मुलुकको समस्या समाधान नभएको टिप्पणी गर्दै मुलुक र जनताको समस्या समाधानको लागि आफूहरु बृहत एकताका साथ अघि बढने उहाँले उल्लेख गर्नुभयो ।
नेता महतोले जनताको अपेक्षा अनुसार काम हुन नसकेका कारण अहिले विकल्पको रुपमा तेश्रो राजनीतिक पार्टी आवश्यकता भएको दाबी गर्नुभयो ।
उहाँले संविधान संशोधन नगरिकन सर्वस्वीकार्य हुन नसक्ने ठोकुवाका गर्दै आफूहरु त्यसैका लागि संघर्षरत रहेको जिकि गर्नुभयो ।
संविधान सबैको सर्वस्वीकार्य बन्नलाई जनताको समस्या पहिले समाधान हुनु जरुरी रहेको भन्दै जनताका समस्या समाधानमा सहयोगी वनेपछि मात्रै संविधानको सर्वस्वीकार्यता पुष्टि हुने उहाँले तर्क दिनुभयो ।
नेता महतोले भन्नुभयो उत्पीडित जाति तथा समुदायको माग अझैं पनि सम्वोधन हुन नसकेकोले संविधान संशोधनका लागि आफुहरु अझैं संघर्षको क्रममा नै रहेको बताउँदै मधेशी, आदिवासी, जनजाति, शोषित, उत्पीडित समुदायको हक अधिकार सुनिश्चितताका लागि वैकल्पिक शक्तिको रुपमा जनता समाजवादी पार्टी गठन गरेका हौं,
यही वैकल्पिक शक्तिले नै सम्पूर्ण उत्पीडित जनताको मुक्ति दिलाउने छ ।’ नेता राजेन्द्र महतोले मधेशी, आदिवासी, जनजाति, शोषित, उत्पीडित समुदायको हक अधिकार सुनिश्चितताका लागि वैकल्पिक शक्तिको रुपमा आफुहरु अगाडि बढिरहेको बताउनुभयो ।
जसपाका स्थानिय नेता जागेश्वर रायको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभालाई जसपाका अर्का नेता अनिल झा, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, केशव झा, मृगेन्द्र कुमार सिंह यादव, मनिष कुमार सुमन, सूर्यनाथ यादव, शम्भु झा, सतिश सिंह, दयानन्द गोइतले पनि मधेसी जनताका हितका लागि संबिधान सम्बोधन हुनुपर्छ जोड दिएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया