सप्तरीको एक जनप्रतिनिधिको कोरोनाबाट मृत्यु
२७ आश्विन २०७७, मंगलवार २०:५५
राजविराज । सप्तरीका कोरोना संक्रमित एक जनप्रतिनिधिको आज मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवका अनुसार सप्तरीको तिरहुत गाउँपालिका–३ का कोरोना संक्रमित वडा सदस्य ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
क्यान्सरले ग्रसित रहेका वडा सदस्यको चितवनस्थित भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया