कोशी गाउँपालिकाको अध्यक्ष पुनःअंसारी बिजयी
६ जेष्ठ २०७९, शुक्रबार १७:३२
सुनसरीको कोशी गाउँपालिकाको अन्मित परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार कोशीको अध्यक्षमा नेपाली कांग्रेसकका उम्मेदवार ऐयुव अंसारी पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । अंसारीले आफ्ना निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका उम्मेदवार देवकृष्ण यादवलाई एक हजार एक सय ९९ मतको अन्तरले पराजीत गर्नुहुदै अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्ष अंसारीले छ हजार चार सय १६ मत प्राप्त गरी बिजयी हुनुभयो भने निकटतम प्रतिद्धन्द्धी जसपाका देवकृष्ण यादवले पाँच हजार दुई सय १७ मत प्राप्त गरी पराजित हुनुभयो ।
यस्तै कोशी गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार अनिता कुमारी यादव पनि पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । यादवले पाँच हजार ३९९ मत ल्याएर विजयी हुनुभयो भने निकटतम प्रतिद्धन्द्धी जसपाकी अनुदेवी खेरवारले चार हजार ७०८ मत सहित पराजित हुनुभयो । यसैगरी कोशी गाउँपालिका ८ नम्बर वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार बलराम क्षेत्री बिजयी हुनुभएको छ । उता कोशी गाउँपालिका ७ नम्बर वडामा नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्षका उम्मेदवार लालदेव सदा विजयी हुनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया