सशस्त्र प्रहरीद्वारा लाखौको पटका बरामद – Nagarikabhiyan : National News

सशस्त्र प्रहरीद्वारा लाखौको पटका बरामद

इनरुवा । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर १ भुटहा र भोक्राहा नरसिंह गाउँपालिकाको सीमाबाट सशस्त्र प्रहरीले लाखौको पटका बरामद गरेको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बलको गस्ती टोलीले पटका बरामद गरि नष्ट गरेको हो । नेपाल भारतको खुल्ला सीमा नाकाबाट नेपाल भित्राइरहेको अवस्थामा सशस्त्र प्रहरीलेसो रकम बराबरको पटका बरामद गरी नष्ट गरिएको हो ।

सशस्त्र प्रहरी बेस क्याम्प रामनगर भुटाहाका सशस्त्र प्रहरी निरीक्षक रुपक नापित नेतृत्वको टोलिले पटका बरामद  गरी नष्ट गरिएको हो । नेपाल भारतको सीमावर्ती क्षेत्रमा लुकुछिपी बिभिन्न चोरबाटो प्रयोग गरेर केही महिना यतादेखी पटकाको तस्करी गर्ने गिरोह सक्रिय भएको खबर आएकोले आफुहरु सीमा क्षेत्रमा कडाई गरेको जनाएको छ ।

हरिनगर गाउँपालिकाको बसन्तपुर सीमानाकाको गलत फाइदा उठाउन केही युवाहरुको सक्रियतामा प्रतिवन्ध पटका तस्करी गरी सुनसरीको बिभिन्न ठाउँमा भण्डारण गर्ने गरेकोले आफूहरुले कडाई गर्दा पटका बरामद भएको प्रहरी निरीक्षक नापितले बताउनुभयो ।