विराटनगर महानगर : कोइराला थापाभन्दा ४९१९ मतले अगाडि – Nagarikabhiyan : National News

विराटनगर महानगर : कोइराला थापाभन्दा ४९१९ मतले अगाडि

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख ९मेयर० पदमा नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै रहेको छ । कोइराला निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाभन्दा ४९१९ मतले अघि रहेका छन् ।

पछिल्लो प्राप्त मतगणनाअनुसार कोइरालाले १९६२८
मत पाएका छन् भने थापाल े१४७०९ मत पाएका छन् । उनीहरु दुवैलाई उमेशकुमार यादव ९स्वतन्त्र० ले ६२५१ मत, राप्रपाका
प्रह्लादप्रसाद साह हलुवाईले ३७८१े मतका साथ पछ्याइरहेका छन् ।

उपमेयरतर्र्फ एमालेकी शिल्पा कार्कीको अग्रता रहेको छ । उनले
१६९९४ मत पाउँदा उनका प्रतिस्पर्धीहरु अमरेन्द्र यादव ९जनता समाजवादी पार्टी, नेपाल० ले १००२७, विन्दाकुमारी लुइटेल आचार्य ९राष्ट्रिय प्रजातन्त्र पार्टी० ले ४५९१ र
नमिता न्यौपाने ९स्वतन्त्र० ले ३५८८ मत पाएकी छन् ।