जनता समाजवादी पार्टीले देवानगञ्ज गाउँपालिकामा इतिहास रचने संकेत – Nagarikabhiyan : National News

जनता समाजवादी पार्टीले देवानगञ्ज गाउँपालिकामा इतिहास रचने संकेत

देवानगंज ।  सुनसरीको देवानगञ्ज गाउपालिकाले इतिहास रचने संकेत गरेको छ । यहाँ दुइ वटा वडामा मतगणना बाकि हुदा र १३३३४ मत गणना हुदा जनता समाजवादी पार्टीले अग्रता लिएको छ । यहाका ७ वटा वडा मध्ये ५ ओटा वडामा फाइनल नतिजा आएको छ । यसमा वडा नम्बर ७ को गणना जारी रहेको छ ,२ को मतगणना शुरु भई सकेको छ  । यतिकोमा गापा अध्यक्षमा रुख : श्यामलाल मेहता ४५२४ र छाता : वेचन मेहता ५००९ मत पाउनुभएको छ । जसपा ४८५ मतले लिड गरेको छ । उम्मेदवार मेहता भएपनि यादव र मुस्लिमको मत निणर्यक देखिएको छ । यहाँ उपाध्यक्षमा भने काग्रेस अगाडि देखिएको छ । रूख : कुमारी विभा यादव ४३५०र छाता : आशमनीकुमारी यादव ४३१७ पाउनुभएको छ ।

नेपाली कांग्रेसको लाल किला मानिएको देवानगंज गाउँपालिका नेपाली कांग्रेसका केही जिल्लाको शिर्ष नेताहरुको कारण लाल किला भत्तकिएको देखिन्छ ।
वडा नं ( ७ वडाअध्यक्ष ९०२ मतगणना)
रुख : बद्री यादव ३२९
छाता : सुर्यनारायण यादव ४४७
अहिलेसम्म निर्वाचित :
वडा नम्बर १ : नेपाली कांग्रेस
वडा नम्बर ५ : नेकपा एमाले
वडा नम्बर ४ : जसपा
वडा नम्बर ६ : जसपा
वडा नम्बर ३ :  जसपा