भूमीसुधार तथा मालपोत कार्यालय सुनसरी फेरी असोज ३० गतेसम्म बन्द
२५ आश्विन २०७७, आईतवार ०९:४९
इनरुवा । भूमीसुधार तथा मालपोत कार्यालय इनरुवामा कार्यरत रहेका ११ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएपछि थप एकसाताका लागि कार्यालय बन्द भएको छ । पहिलो पटक एकसाता बन्द भएको भूमीसुधार तथा मालपोत कार्यालय इनरुवा फेरी असोज ३० गतेसम्म बन्द गरिएको हो ।
कार्यालयका प्रमुख मालपोत अधिकृत षड्कुमार पोखरेलका अनुसार कार्यालयका ११ जना कर्मचारीहरुको शनिवार पीसीआर रिर्पोट पोजेटिभ आएकाले असोज २५ गते आईतबारदेखी एकसाताका लागि मालपोख बन्द गरिएको छ ।
प्रमुख मालपोत अधिकृत पोखरेलले एक हप्ता अगाडि कर्मचारीहरुमा ज्वरो, रुँघा खोकी लगायतका लक्षण देखिएपछि पीसीआर परिक्षण गर्दा पोजेटिभ देखिएपछि अधिल्लो एकसाता असोज २४ गतेसम्म बन्द गरिहको कार्यालय पुनः असोज ३० गतेसम्म बन्द गरिएको बताउनुभयो ।
कोरोना परिक्षण गरिएका बाहेक थप १२ जना कर्मचारीहरुमा ज्वरो, रुघा खोकी लगायतका कोरोनासँग मिल्दो जुल्दो लक्षण देखा परेकाले जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत स्वास्थ्य कार्यालयसँग समन्वय गरी पीसीआर परिक्षणका लागि स्वाव दिने तयारी गरिएको मालपोत अधिकृत पोखरेलले बताउनुभयो ।
पोजेटिभ भएका बाहेक अन्य कर्मचारीहरु समेत बिरामी भएर घरमा ओछ्यानमा सुती रहेको अवश्थामा जनशक्ति अभावसँगै संक्रमण प्रायः सवैमा फैलिएकाले कार्यालय कहिले सुचारु हुन्छ अहिले भन्न नसकिने पोखरेलले बताउनुभयो ।
एक साता अगाडि ५ जना कर्मचारीहरुले निजी अस्पतालमा दिएको स्वावको पिसिआर रिर्पोट पोजेटिभ आएको थियो । मालपोत कार्यालयमा कार्यरत रहेका कर्मचारीसँगै लेखापढी व्यवसायीहरुमा समेत कोरोनासँग मिल्दो लक्षण देखिएका १ सयको हाराहारीमा लेखापढी व्यवसायीहरु ज्वरो, रुँघा खोकी जिउ दुख्ने, स्वाद गन्ध थाहा नहुने लगायतका स्वास्थ्य समस्या भएपछि घरमा आराम गरी बसीरहेका छन । इनरुवामा सरकारी तवरबाट सर्वसाधरणहरुको कोरोना परिक्षण नहुने भएपछि लेखापढी व्यवसायीहरु घरमा आइसोलेट भएर बस्दै आएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया