काठमाडौं महानगर : बालेनले कटाए ३१०० मत, केशव स्थापितको १६४५
१ जेष्ठ २०७९, आईतवार १५:२४
काठमाडौं । काठमाडौं महानगरपालिकामा जारी मतगणनाका क्रममा उम्मेदवारबीच रोचक भिडन्त देखिएको छ ।
लौरो चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को अग्रता तीव्र गतिमा अघि बढिरहेको छ । उनलाई नेकपा एमालेका केवश स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेका छन् ।
पछिल्लो मतगणनाअनुसार बालेनले ३११० मत ल्याउँदा स्थापितले १६४५, सिर्जनाले १६०२, राप्रपाका मदनदास श्रेष्ठले १६५ मत पाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया