कोशी गाउँपालिका–१ नम्बर वडामा जनता समाजवादी पार्टीको प्यानल विजयी – Nagarikabhiyan : National News

कोशी गाउँपालिका–१ नम्बर वडामा जनता समाजवादी पार्टीको प्यानल विजयी

जिल्लाको कोशी गाउँपालिका–१ नम्बर वडामा जनता समाजवादी पार्टीको प्यानल विजयी भएको छ । कोशी गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा जसपाका सोभितनारायण यादव र उहाँका प्यानलैबाटै चार जना सदस्यहरु निर्वाचित भएका छन् । यादवल ८७५ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिनुभयो ।  निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निर्मलकुमार मण्डलले ७०९ मत ल्याएर पराजीत हुनुभएको छ । सदस्यहरूमा जसपाकै खुल्ला सदस्य निधिर मण्डल र भुपेन्द्र उराँव, महिला सदस्यमा निर्मला कुमारी मण्डल र दलित महिला सदस्यमा सतनीदेवी सदा निर्वाचित हुनुभएको छ ।