इनरुवा नगरपालिकामा काग्रेंसका उम्मेदवारको आग्रता – Nagarikabhiyan : National News

इनरुवा नगरपालिकामा काग्रेंसका उम्मेदवारको आग्रता

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा २ सय १ मत गणना हुँदा नेपाली काग्रेंसका उम्मेदवार केदार भण्डारीले ८३ मत प्राप्त गरेको आग्रता कायम गरेका छन् ।
हालसम्म इनरुवा वडा नम्बर १ को दुई सय एक मत गणना गरिएको छ । नेकपा एमालेका उम्मेदबार सरोज पोखरेलले ५५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी तेस्रो शक्तीको रुपमा इनरुवा देखिएको जनता समाजवादी पार्टीका दिलिपचन साहुले ४७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उप मेयरमा नेपाली काग्रेंसका उम्मेदवार विनिता कुमारी मेहताले ९८ , एमालेकी सहजादी प्रविण आलमले ४० र जसपाका उम्मेदवार सरिताकुमारी यादवले ३८ मत प्राप्त गर्नुभएको छ ।
इनरुवा वडा नम्बर १ का वडा अध्यक्षमा नेपाली काग्रेंसका उम्मेदवार प्रमोद पोखरेलले ८७ , नेकपा एमालेका उम्मेदबारले ५२ र जसपाका उम्मेदवारले ३६ मत प्राप्त गर्नुभएको छ ।