२९ जेठदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराको नियमित उडान – Nagarikabhiyan : National News

२९ जेठदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराको नियमित उडान

काठमाडौं । भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको अनुमति लिएको कुवेतको जजिरा एयरवेजले २९ जेठ (१२ जुन २०२२०बाट मात्र नियमित उडान गर्ने भएको छ । तर, सरकारले उद्घाटन तोकेको दिन २ जेठ (१५ मे २०२२०का दिन पनि जजिराले उद्घाटन उडान गर्ने भएको छ ।

अहिले काठमाडौंमा दैनिक एक उडान गरिरहेको जजिरा एयरवेजले सार्वजनिक गरेको तालिका अनुसार भैरहवाका लागि उड्ने जहाज जहाज कतारको दोहाबाट कुवेत जानेछ। कतारबाट सिधै भैरहवा आउन चाहने यात्रुले समेत यस उडानमा सेवा लिन सक्ने भएका छन् । उनीहरु कुवेतमा ट्रान्जिट भई जहाज सिधै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने भएको छ ।

 

२ जेठमा स्थानीय समय अनुसार ६ बजेटर २० मिनेटमा दोहाबाट उड्ने जहाज स्थानीय समय अनुसार ७स्४५ बजेट कुवेत अवतरण गर्नेछ । यो जहाज कुवेतमा ४ घण्टा ट्रान्जिट गरी स्थानीय समय अनुसार २३स्४५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि जहाज उड्ने छ । यो जहाज नेपालको स्थानीय समयअनुसार बिहान ७ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ ।

नियमित उडान भने २९ जेठ ९१२ जुन०बाट सुरु हुनेछ । सो बेला भने दोहाबाट १५स्३० मा उड्ने जहाज कुवेतमा १।३५ घण्टा ट्रान्जिट गरी भैरहवाका लागि उड्ने छ । नेपाली समय अनुसार राति १ स्४५ बजे जहाज गौतमबुद्ध विमानस्थलमा उवतरण हुने गरी तालिका बनाइएको छ ।

जजिरा एयरवेजका अनुसार पूर्ण खोप लगाएका यात्रुले त्यसको प्रमाण देखाएर यात्रा गर्न सक्ने भएका छन् । खोप नलगाएको यात्रुको साथमा भने ७२ घण्टाभित्र पीसीआर परीक्षण गरी नेगेटिभ रिर्पोट आएको कार्ड बोक्नु पर्ने छ ।

नियमित उडान साताको तीन वटा हुनेछ । आइतबार, मंगलबार र बिहीबार उडानको मिति तोकिएको छ ।