बराहक्षेत्र ११ मा काग्रेंसले जित्ने दावी – Nagarikabhiyan : National News

बराहक्षेत्र ११ मा काग्रेंसले जित्ने दावी

इनरुवा, बैशाख २६ गते । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनका तर्फबाट बराहक्षेत्र नगरपालिकाका मेयर र उपमेयर सहितको मनोनयन दर्ता भएको र चुनावी घरदैलौ जारी रहेको बेला बराहक्षेत्र ११ का वडा अध्यक्षका उम्मेदबार कृष्ण कुमार महतोले वडामा काग्रेंसले जित्ने दावी गर्नुभएको छ ।
विगतमा एमालेले गरेको कामबाट नागरिक निरास रहेको र असन्तुष्ट समेत रहेकाले यसपाली बराहक्षेत्र नगरपालिका ११ मधुवनका वडा अध्यक्ष सहित वडामा काग्रेंसका उम्मेदबारहरु जित्ने महतोले दावी गर्नुभएको हो । सोमबार घरदैलोमा रहनुभएका महतोले
आफू ‘सेवा नै धर्म हो’ भन्ने मूलमन्त्रका साथ राजीतिमा लागेकाले आफूलाई जिताउने बताउनुहुन्छ । वडाध्यक्षमा निर्वाचित भएको खण्डमा पाँच वर्षभित्र बराहक्षेत्र ११ मा भएको अनियमिता अन्त्य, ढिलासुस्ती र भष्ट्रचार न्युनिकरण गरि शिक्षामा १२ सम्म निशुल्कको व्यवस्था, आधारभुत स्वास्थ्य केन्द्रमा निशुल्क औषधी प्रयाप्त , नागरिकको सवाललाई सम्बोधन र खानेपानी, विधुत , सिचाई समेत काम गर्ने र वडालाई गर्व लायक बनाउने प्रतिबद्धता जनाउनुहुन्छ ।