कटहरीकाउम्मेदवार भन्छन्, ‘चुनावमाप्रतिस्पर्धा, चुनाव पछि एकता’
२६ बैशाख २०७९, सोमबार १२:५३
विराटनगर । मोरङको कटहरी गाउँपालिकाकाअध्यक्षकाप्रत्याशीहरुले कटहरी गाउपालिकालाई राम्रो बनाउनको लागि सबै एक भएर लाग्ने बताएका छन् । संवाद समुहमोरङले आयोजना गरेको कार्यक्रममाउम्मेदवारहरुले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, सामाजिक सुरक्षा , सुकुम्वासी समस्या समाधानमा एक भएर लाग्ने बताएकाहुन् । निर्वाचनको बेलामाभएका प्रतिबद्धतालाई नाराको रुपमानल्याई नागरिकको जिवनसँगजोडेर जाने उम्मेदवारहरु बताउँछन् ।
रोजगारी सिर्जना
नेपालीकांग्रेसकाउम्मेदवार देवराजचौधरीले महानगरसँग जोडिएको पालिकाभएरपनि हरेक क्षेत्रमा समस्या रहेको बताए । खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या रहेको उनको भनाई छ। उनले भौतिकपूर्बाधार निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी सिर्जनामाआफ्नो प्राथमिकतामा रहेको बताए ।
वडानम्बर १ देखि ४ सम्ममाखानेपानीको ब्यवस्थानभएकोले त्यहाँको नागरिकको आबश्यकतालाई ध्यानमा राखेर खानेपानीको ब्यवस्थापनमिलाउने उनको प्रतिबद्धता छ । अहिलेको अबस्यकता रोजगारी सिर्जनामाध्यानदिनु पर्ने भएकोले आफ्नो योजनात्यसमा केन्द्रीतहुने बताए । ‘कटहरीमा धेरै उद्योगहरु रहेको भएपनिभारतीयकामदारकाकारण स्थानीयले कामपाउन सकेका छैनन्, उनले भने, कटहरीकानागरिकलाई उद्योगकालागिआबश्यक पर्ने जनशक्तिलाई तालिमदिएर ५० प्रतिशत रोजगारी त्यहीँको उद्योेगमाब्यवस्थापनगरिने छ ।’ विराटनगरसँग जोडिएको कटहरीकानागरिक स्वास्थ्य क्षेत्रमा ठगिएको चौधरीको भनाई छ । ‘एउटा अस्पतालमा लग्छु भनेर अर्कै अस्पतालमा पुर्याएर ठगिएका बन्धकबनाईएको घटनाहरु प्रसस्तै घटेको छ, उनले भने, कटहरी गाउँपालिकाभित्रै २५ बेडको सुबिधा सम्पन्न अस्पताल बनाएर नागरिकलाई सहज स्वास्थ्य सेवाउपलब्ध गराउँछु ।’
बिचौलियाअन्त्य
नेकपाएमालेकातर्फबाट अध्यक्षकाउम्मेदवार सुवास सरदारले निर्वाचित भएपछि कटहरीको पहिचानदिलाउने बताए । कृषि क्षेत्रको प्रवद्र्धन गर्नको लागिअहिलेसम्मकामनभएकोले कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको उनले सुनाए । ‘हरेक क्षेत्रमाबिचौलियाकाकारण कटहरी गाउँपालिकामा समस्या देखिएको छ, उनले भने, बिचौलियाको अन्त्यगरि नागरिकको लागि सहज सेवाप्रवाहगर्ने मेरो पहिलो दायित्वहुनेछ ।’ आफु दलितभएको सुनाउँदै उनले अहिलेसम्मकाजनप्रतिनिधिले गरिब र दलितको क्षेत्रमाकामै नगरेकोले आफ्नो प्राथमिकतागरिब र दलित समस्या समाधानमा केन्द्रितहुने बताए । उनले जेष्ठ नागरिकको सामाजिक सुरक्षाभत्तावितरणमा समस्या रहेकोले घरघरमा सामाजिक सुरक्षाभत्तापुर्याउने आफ्नो योजना रहेको उल्लेख गरे ।
उद्योगी र ब्यवसायीसँग समन्वय गरेर बेरोजगार युवाको लागि रोजगारीको अबसर सिर्जनागर्ने उनको प्रतिबद्धता छ ।
कृषिऔजार बैँक संचालन
जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्षकाउम्मेदवार मृत्युञ्जयझाले बिगतका जनप्रतिनिधिबाट भएका राम्रो कामको निरन्तरता र नराम्रो कामलाई निरुत्साहितगर्ने बताए । सामाजिक सुरक्षाभत्तावितरणमा समस्या रहेको कारण जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्तावितरणमा सहजबनाउने योजना रहेको सुनाए । उनले कटहरीमा २ हजार बढी घर सुकुम्वासीको रहेकोले उनीहरुलाई ब्यवस्थितबसोबासको माध्यामबाट समाधानगरिने प्रतिबद्धता जनाए ।
‘आर्थिक अबस्थाकमजोर भएका, बिपन्नलाई स्वास्थ्यविमाकार्यक्रममा समेटेर जाने योजना छ, उनले भने, उद्यामशिलताको विकास गरि रोजगारीको अबसर सिर्जनागरिनेछ ।’ कटहरीमाब्यवसायी कृषिमालागेकाकिसानहरुको संख्याउल्लेख्य रहेको कारण उनीहरुलाई लक्षितगरि मल, बिउ तथा कृषिको लागि ऋण र अनुदानदिईने, कृषिऔजार बैँक संचालनगर्ने योजनाले कृषि क्षेत्रमाक्रान्तिगर्न सकिने झाभनाई छ।
नेपालीकांग्रेसबाट उपाध्यक्षकीउम्मेदवार मञ्जीताकुमारी सरदारले सबैको समन्वयमाकामगर्ने बताईन् । ‘यस अघि पनि मैले सबैको सरसल्लाहमाकामगर्दै आएको थिएँ, उनले भनिन्, निर्वाचितभएर गएपछि यस अघि गर्न बाँकी रहेकाकामहरुलाई पुरा गर्ने योजना छ।’ सबै दलको साझा सहमतीमाल्याईएका योजना र कार्यक्रमहरु सफलहुने गरेको उनको अनुभव छ ।
साझा प्रतिबद्धता
संवाद पछि दलकाअध्यक्षकाउम्मेदवाहरुले कटहरीलाई ब्यवस्थित सहरको रुपमाविकास गर्ने जनाएका छन् । त्यसकालागिबिभिन्नबिषयमाउम्मेदवारहरुले प्रतिबद्धता जनाएका छन् । कटहरी गाउँपालिकालाई राम्राबनाउन सबै एक भएर अघि बढ्ने, यस अघिका राम्राकामलाइआत्मसातगर्ने , नराम्राखालकाकामलाई निरुत्साहितगर्नेे र नयाँ योजना अघि सार्न सबै एक भएर अघि बढ्ने उनीहरुले बताएका छन् । जुनसुकै दलकाउम्मेदवार निर्वाचितभएर गएपनि सबैको सहभागिता र समन्वयमाकामगर्ने, नागरिकसँगजोडिएका प्रतिबद्धता कार्यान्वायनगर्ने र एक अर्काको एजेण्डामा सहमतहुने उनीहरुको प्रतिबद्धता छ । महिला, बालबालिका, अपाङ्गताभएका, जेष्ठ नागरिक, अल्पसंख्यकतथासिमान्तकृत समुदायको बिषयमालाई प्राथमिकतामा राख्ने उनीहरुको भनाई छ। निर्वाचितभएर गएपछि प्रतिस्पर्धि दल र उम्मेदवारहरुसँग बसेर छलफलगरि साझाकार्यक्रमबनाउने उनीहरुको प्रतिबद्धता छ । निर्वाचनआचारसंहितालाई कायान्वायनगरिएको र निर्वाचनअबधिभर कार्यान्वायनमा प्रतिबद्ध रहने उनीहरुको भनाई छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया