एमालेले अपील जारी गर्दै भन्यो– ‘नेपालको एकमात्रै मजबुत पार्टी एमाले हो’
२५ बैशाख २०७९, आईतवार १४:२९
काठमाडौं । नेकपा (एमाले)ले नेपालको एकमात्रै मजबुत पार्टी एमाले भएको दावी गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले आम नागरिकसमक्ष अपिल पत्र जारी गर्दै एमाले मात्रै मजबुत पार्टी भएको दाबी गरेको छ ।
एमालेले पत्रकार सम्मेलन गर्दै जारी सार्वजनिक गरेको अपीलको १२ औँ बुँदामा भनिएको छ- ‘एमालेमात्रै मजबूत राजनीतिक दल हो । नेकपा (एमाले) नेपालको सार्वभौसत्ता र अखण्डतालाई अक्षुण्ण राख्नका लागि, गणतन्त्र स्थापनाका लागि, परिपूर्ण लोकतन्त्रको निर्वाध अभ्यास र विकासका लागि, जनताको मौलिक अधिकार र आधारभूत स्वतन्त्रताको बहालीका लागि, नेपाली समाजको परिवर्तन र रूपान्तरणका लागि, नेपाली जनताको समृद्धिका लागि र नेपालको सम्मान तथा इज्जत निरन्तर बढाउनका लागि स्थापना भएको राजनीतिक दल हो । स्थापनाकालदेखि आजसम्म निरन्तर स्पष्टताका साथ यिनै आदर्शमा नेकपा (एमाले) अडिग छ, अटल छ।’
पूर्णपाठ

फेसबुकबाट तपाईको प्रतिक्रिया