उम्मेदबारहरुसंग अन्तरकृया कार्यक्रम
२४ बैशाख २०७९, शनिबार १९:०६
सुनसरी सदरमुकाम इनरुवामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) इनरुवा समितिले स्थानीय तह निर्वाचनका उम्मेदबारहरुसंग अन्तरकृया कार्यक्रम गरेको छ ।
प्याब्सन इनरुवाको आयोजनामा जिल्ला सदरमुकाम समेत रहेको इनरुवा नगरपािलकाबाट उम्मेदवार भएका मेयर र उपमेयरसङग शिक्षा बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

इनरुवा नगरपालिकामा स्थानीय तह निर्वाचनमा मुख्य रुपमा प्रतिष्पर्घा हुने आँकलन गरिएको प्रमुख तीन दल ‘गढ कायम राख्ने, पुरानो विरासत फर्काउने र इतिहास रच्ने’ आन्तरिक रणनीतिमा मतदातालाई आफ्ना–आफ्ना पक्षमा रिझाउन घरदैलो तिब्र पारेको बेला प्याब्सनले सनिबार उनीहरुसंग शिक्षा बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन ।

शिक्षा बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका नगर प्रमुख पदका उम्मेदबार सरोज पोखरेलले शिक्षामा पनि गुणस्तरीय शिक्षामा एमालेको विषेश जोड रहेको बताउनुभयो । वहाँले आफू जितेर गएपछि शिक्षामा आमूल परिवर्तन ल्याउने दावी गर्नुभयो ।
त्यसैगरी जनता समाजवादी पार्टी (जसपा)का नगर प्रमुख पदका उम्मेदबार दिलिपचन साहुले आफ्नो पार्टीको पहिलो प्राथमिकता नै शिक्षा र स्वास्थ्य भएको बताउनुभयो ।

लोकतान्तिक समाजवादी पार्टीका तर्फबाट इनरुवाका नगर प्रमुख पदका उम्मेदबार चुन्नी खातुन सोनियाले आफू जितेपछि विभेदकारी शिक्षाको अन्त्य र नैतिक शिक्षा सहित गुणस्तरीय शिक्षा कायम गर्ने बताउनुभयो ।
राप्रपाका चन्देश्वेर चौधरीले शिक्षामा लगानी गर्ने र प्रत्येक माविमा कक्षा १२ सम्मको पढाई त्यसमा पनि पूर्ण निशुल्क गर्ने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया