लकडाउनका बीच सुनसरीका किसान मुगं खेतीमा व्यस्त – Nagarikabhiyan : National News

लकडाउनका बीच सुनसरीका किसान मुगं खेतीमा व्यस्त

इनरुवा ।  लकडाउनका बीचमा गहुँ भित्रियाएर सुनसरीका किसानहरु मुगं खेतीमा व्यस्त बनेका छन् । दलहन बाली अन्तरग पर्ने मुगं बालीका लागि किसानले गहुँ भित्रियाएर ट्याक्टरले जोत्ने काम गरेका छन् । खेतमा जोत्दै मुगं छर्ने काम गरेको इनरुवा ९ बबियाका किसान सियाराम यादवले बताउनुभयो ।

कृषि कर्म सामाजिक दुरी कायम गर्दै देशमा लकडाउन भएपनि खाध्यान र दलहनबाली उत्पादनका लागि आफूहरुले मुगं खेती लगाएको यदुवंशी बहुउदेश्य कृषक समूहका अध्यक्ष जसालाल यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार इनरुवा ९ बबियामा मात्रै तीन सय हेक्टर बढी क्षेत्रफलमा किसानले यसपाली मुगं छर्ने काम गरेको बताउनुभयो । खेतमा पनि फाईदा , उत्पादन बेच्दा आर्थिक रुपमा फाईदा र खान समेत फाईदाजनक अनि स्वास्थ्यकर हुने भएकाले धेरै किसानले खाली रहने खेतमा मुगं छर्ने काम गरेको बताउनुभयो ।

प्रति कठ्ठामा एक पाउँ देखी आधा केजीसम्म मुगंको विउ छरेपछि दुई महिनादेखी तीन महिना भित्रमा फल्ने र प्रति कठ्ठा १० केजी देखी एक मनसम्म उत्पलान हुने यादवको भनाई छ ।

स्वास्थ्यकर्मी रामअवतार यादवले स्वास्थ्यका लागि निकै पौष्टिक भएकाले मुगंको दाल खेती आवश्यक रहेको बताउनुभयो ।