कृतघ्न कम्युनिस्ट–कांग्रेस स् स्वार्थ मिले सहकार्य, नमिले गाली
१६ बैशाख २०७९, शुक्रबार १२:०८
काठमाडौं । नेपाली कांग्रेसले आइतबार स्थानीय निर्वाचन २०७९ लक्षित घोषणापत्र सार्वजनिक गर्यो । ‘नेपाली कांग्रेसको संकल्प, स्थानीय तह निर्वाचन–२०७९’ शीर्षकको घोषणापत्र बनाउन कांग्रेसले पार्टी महामन्त्री गगन थापाको नेतृत्वमा एउटा समिति बनाएको थियो ।
८८ पृष्ठ लामो घोषणापत्रमा डेढ दर्जनभन्दा बढी पाना कांग्रेसले कम्युनिस्ट शक्तिको उछित्तो काढ्न खर्च गरेको छ । यो क्रममा कांग्रेसले प्रमुख प्रतिपक्षमा रहेको नेकपा ९एमाले० मात्र होइन, सत्ता साझेदार नेकपा माओवादीलाई पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा गाली गरेको छ ।
संकल्पपत्रमा देशमा भएका अभूतपूर्व परिवर्तनपछि कम्युनिस्ट पार्टीले खेर फालेको ‘सुनौलो अवसर’ बारे विश्लेषण गरिएको छ । सामान्यतः घोषणापत्र दलको नीति तथा घोषणाको सार्वजनिक प्रतिबद्धता हो । तर यसलाई दलहरूले ‘गाली–पत्र’को रूपमा विकास गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया