इनरुवामा किसानलाई गाली गरेको भन्दै सडक अवरुद्ध
१५ बैशाख २०७९, बिहीबार १८:१४
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ४ मा केही किसान तथा व्यपारीहरुले पूर्वपश्चिम लोकमार्ग खण्डमा केही बेर सडक अवरुद्ध पारेका छन् । इनरुवा नगरपािलका ४ स्थित बसचोक रामजानकी थोक कृषि बजारमा तरकारी विक्रिका लागि आएका किसानलाई गालीगलौज गरेको भन्दै मंगलबार केही बेर सडक अवरुद्ध पारेका हुन् । हटिया समितिमा आवद्ध केही र स्थानीय बिवेकानन्द झाले गालीगलोज गरेको भन्दै केही बेर सडक अवरुद्ध पारेको स्थानीय मुनाफ हसनले जानकारी दिनुभयो ।
तरकारी लिएर गाउँबाट आएका सिधासोझा किसान र व्यापारीलाई गालीगलोज गर्न पाइदैन, दोहोरो कर अन्त्य गर, दुव्र्यवहार बन्द गर, अन्याय अत्याचार बन्द गर भन्दै चर्का नारबाजी सहित केही बेर सडक अवरुद्ध पारेका थिए । किसान र व्यापारीहरु पूर्व पश्चिम लोकमार्ग सडक खण्डको इनरुवा बसचौकमा बस्दै आएका थिए भने टायर बालेर चक्का जाम गर्दे आन्दोलित बनेका छन ।
इनरुवामा आएका किसानहरुमा हरिनगरका साकिर अन्सरी, समिम अन्सरी, देवनगङजका इद्रीस अन्सरी, सहबुद्धिन अन्सरी, भोक्रहा नरसिंहका चिनीलाल साह, शिव नारायण साह, पश्चिम कुश्वाहाका सलाम अन्सरी र महफुज अन्सारी सहितले इनरुवाका कश्यप विद्यापीठका संचालक समेत रहेका बिवेकानन्द झाले आफूहरुलाई विना कारण गालीगलोज गरेको भन्दै केही सडक अवरोध गरेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया