मन्त्रिपरिषद बैठक बस्दै, निर्वाचनपूर्व विभिन्न नियुक्तिहरू गर्ने तयारी – Nagarikabhiyan : National News

मन्त्रिपरिषद बैठक बस्दै, निर्वाचनपूर्व विभिन्न नियुक्तिहरू गर्ने तयारी

काठमाडौँ । मन्त्रिपरिषदको नियमित बैठक आज अपराह्न ४ बजे बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने उक्त बैठकले व्यापक मात्रा राजनीतिक नियुक्ति समेत गर्ने बताइएको छ ।

निर्वाचन अयोगले भोलि क्रबारदेखि आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी छ । आचारसंहिता लागु भएपछि सरकारले निर्वाचनमा प्रभाव पर्ने हिसाबले नियुक्ति तथा सरुवा, बढुवा लगायतका निर्णयहरु गर्न पाउँदैन । त्यसअघि आजैको मन्त्रिपरिषद बैठकले विभिन्न संस्थामा राजनीतिक नियुक्तिहरु गर्ने तयारी रहेको बताइन्छ ।

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गर्ने गनुपर्ने व्यस्था छ ।