कालो पट्टी बाँधेर डा.गोविन्द केसीको समर्थन गर्दै इनरुवाका युवाहरु – Nagarikabhiyan : National News

कालो पट्टी बाँधेर डा.गोविन्द केसीको समर्थन गर्दै इनरुवाका युवाहरु

इनरुवा । डा.गोविन्द केसीको समर्थन गर्दै इनरुवामा युवाहरुको सहभागित बढ्दै गएको छ ।

आज (बुधवार) दोश्रो दिन पनि युवाहरु हातमा कालो पट्टी बाँधेर एक घण्टा मौन धर्ना बसेका छन् ।

डा. केसीको माग र उहाँको जीवन रक्षका लागि हाम्रो अभियान भन्दै इनरुवाका युवाहरुले कालो पट्टी बाँधेर
एक घण्टा धर्ना दिई आज पनि समर्थन गर्नेहरुको सहभागिता बढ्दै गएको हो ।

डा. केसीले सुरु गरेको सत्याग्रह सुरु गरेको तीन हप्ता भन्दा बढी भएको पनि सरकारले कुनै वास्ता र सुनवाई नगरेकाले डा. केसीको समर्थन गर्दै इनरुवाको लोकतान्त्रिक चौकमा एक घण्टा मौन धर्ना बसेको नेपाली कांग्रेस
इनरुवा नगर सचिव धिरज भट्टराईले बताएका छन् ।

हिजोबाट सुरु गरेको मौन धर्नालाई आज पनि निरन्तरता दिएको उनले बताए । केसीको समर्थनमा युवाहरु आज पनि सक्रिय सहभागिता देखाएकोले नगर सचिव भट्टराईले सबैलाई धन्यवाद दिएका छन् ।

सरकारले अलिकति मात्रै लचकता देखाएको छ उनले भने डा.केसीको मागलाई सरकारले धेरै समय नलगाई सम्वोधन गर्नुपर्ने छ ।
आज पनि डा. केसीको जीवन रक्षाको माग सहित एक घण्टा पट्टी बाँधेर सरकारको बिरोध गरेका छन् ।

हो ! हामी पागल हौं ! डा. केसी जस्तै ! भन्ने नारा कालो ब्यानर बोकेर इनरुवाको लोकतान्त्रिक चौकमा एक घण्टा मौन बिरोध प्रदर्शन गर्दै निरन्तरता दिएको छ ।

सरकारले मागलाई सम्वोधन नगरें पुनः भोली (बिहिवार ) बेलुका ४ बजेदेखी ५ सम्म इनरुवाको लोकतान्त्रिक चौकमा कालोपट्टी बाँधेर धर्नामा
बस्ने युवाहरुले जनाएको छ ।

तलब पनि बढ्यो सांसदहरुको,बजाउँदैछन् मासु र भात ! जनताको लागि लडने डा.केसी,भोक भोकै दिन र रात , सत्यको आग्रह, आईएमविथ डा.केसी, स्वास्थ्य लाभको कामना सहितको पर्चा पम्पलेट बोकेर एक घण्टा मौन धर्नामा बसेका थिए ।
सो धर्ना कार्यक्रममा नेपाली कांग्रेस इनरुवा नगर सचिव धिरज भट्टराई , सम्यम कोइराला, कुन्दन मेहता, राकेश निरौला, अभिनन्दन यादव, गायक प्रकाश अनुराग, प्रमोद मेहता, रोशन मण्डल, राम कुमार यादव , दिलो बडा, लगायतको सहभागिता रहेको थियो ।