सुनसरीमा स्थानीय तह निर्वाचन लक्ष्ति गरेर नेकपा एमालेले गरे आम सभाको तयारी – Nagarikabhiyan : National News

सुनसरीमा स्थानीय तह निर्वाचन लक्ष्ति गरेर नेकपा एमालेले गरे आम सभाको तयारी

सुनसरीमा स्थानीय तह निर्वाचन लक्ष्ति गरेर नेकपा एमाले आम सभाको तयारी गरेको छ । नेकपा एमाले सुनसरी पार्टी कार्यालयले पत्रकार सम्मेलन गरि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्ष्ति गरेर सदरमुकाम इनरुवामा आम सभाको तयारी गरेको जनाकारी दिएको हो । स्थानीय तहको चुनाव नजिक आएसंगै पार्टीको धारणा जनता सामु लान र अरु दलका नेता कार्याकर्ताहरु एमाले प्रवेश गर्ने आकाक्षां समेत गरेकाल निर्वाचन लक्ष्ति आम सभाको तयारी गरेको पार्टीका जिल्ला अध्यक्ष रेवतिरमण भण्डारीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । भण्डारीका अनुसार स्थानीय तहको चुनावलगायत समसामयिक राजनीतिक घटनाक्रमका बारेमा नागरिकलाई जानकारी दिने र अरु पार्टी त्याएर हजारौंको संख्यामा एमाले प्रवेश गर्ने भएकाले चैत ३० गते इनरुवामा पार्टी कार्यालय नजिकै राजमार्ग छेउमा आम सभा गर्ने भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार पार्टी जिल्ला कमिटिको पूर्ण बैठकले पारित गरेको निर्णय र पार्टीको धारणा सार्वजनिक गर्ने क्रममा सो जानकारी दिएको हो ।
पार्टीका जिल्ला अध्यक्ष भण्डारीले चैत ३० गते इनरुवामा गर्ने आम सभामा प्रमुख अथितिका रुपमा पार्टीका केन्द्रिय अध्यक्ष केपी शर्मा ओली सहित शिर्ष नेताहरुको सहभागिता रहेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा २५ हजार भन्दा बढी नेता कार्यकर्ताहरुको सहभागिता रहने बताउनुभयो । पार्टी केन्द्रीय कार्यालयमा समेत जिल्लाको पत्रकार सम्मेलन र पार्टीको आम सभा गर्न लागेको जानकारी गराईसकेको भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार चुनावमा सुनसरीको अधिकाश क्षेत्रमा जित हात पार्ने गरी तयारीमा जुटेको र त्यसमा पनि अध्यक्षलाई नै ल्याएर बृहत आम सभा गर्न लागेको हो । सत्ताधारी दलबीचमा भइरहेका गठबन्धन गरेर चुनाव लड्ने कुराले सुनसरीमा एमालेलाई नै फाईदा पुग्ने समेत दावी गर्नुभयो । सत्ताधारी दलहरूबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर लड्ने कुरा गरेकाले त्यसमा आफूहरुलाई नै फाईदा पुग्ने भण्डारीको भनाई छ ।
पत्रकार सम्मेलनमा पार्टीका उपसचिव राम कोईरालाले नेकपा एमालेले सुनसरीको आयोवजामा २०७३ साल पछि पहिलो पटक इनरुवामा बृहत आमसभाको आयोजन गर्ने तयारी भएको जानकारी दिनुभयो । चैत ३० गते इनरुवाको महेन्द्रचोकमा हुने आमसभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको कोईरालाले जानकारी दिनुभएको छ । एमाले जिल्ला प्रचार प्रसार विभागका संयोजक समेत रहनुभएका कोईरालाले पत्रकार सम्मेलनको आयोजना गरी आमसभाको विषयमा जानकारी गराउनुभएको हो ।
पत्रकार सम्मेलनमा कोईरालाले आमसभासँगै औपचारिक रुपमा पार्टीको चुनावी अभियान सुरु हुने समेत बताउनुभयो । वहाँले बैशाख ३० गतेको चुनावबाट माओवादी सहित नेकपा एकीकृत समाजवादी पत्तासाफ भएर जाने ठोकुवा गर्नुभयो । उहाँले सुनसरीमा अन्य दलबिचको गठबन्धनले एमालेलाई कुनै असर नगर्ने दाबी गर्नुभयो । पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सचिब पर्शुराम यादव, प्रदेश सदस्य सत्रुधन यादव, शुसासन समितका पोष्टकुमार नेपाल, नेता देवानन्द मेहता, जीवी गजल सहितको उपस्थिती रहेको थियो ।