कोशीमा महिला सहकारी हस्तान्तरण – Nagarikabhiyan : National News

कोशीमा महिला सहकारी हस्तान्तरण

सुनसरीको कोशी गाउँपालिकाका विभिन्न वडामा रहेका महिलाहरु आवद्ध भएको कोशी महिला बचत तथा ऋण सहकारी संस्था डिमिटेडले आफ्नो कार्यालय उद्घाटन गरेको छ । चार वर्षदेखी नागरिक सचेतना केन्द्रको नाममा आवद्ध रहेका महिलाहरुलाई बचत तथा ऋणको कारोबार गर्ने गरी कोशी गाउँपालिकाको सहजीकरण र पहलमा कोशी महिला बचत तथा ऋण सहकारी संस्था डिमिटेडको दर्ता सहित कार्यालयको उद्घाटन गरेको हो । गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले एक कार्यक्रमका बीच मंगलबार सहकारीको कार्यालय उद्घाटन तथा संस्थागत हस्तान्तरण गर्नुभएको छ । कोशी गाउँपालिकाका अध्यक्ष अंसारीले गाउँपालिकाबाट प्रवद्धित कोशी महिला बचत तथा ऋण सहकारी संस्था लि.कोशी ७ हरीपुरमा संस्थागत हस्तान्तरण कार्यक्रम मार्फत कार्यालय उद्घाटन र संस्था हस्तान्तरण गर्नुभयो । अध्यक्ष अंसारीले कोशी गाउँपालिकाबाट प्रवद्धित कोशी महिला बचत तथा ऋण सहकारी संस्था लि.मा आठ सय ७१ महिलाहरुलाई एकसाथ लाभ पुग्ने र एउटै छाता मुनी अट्ने गरि नमुना काम भएको बताउनुभयो । वहाँले तत्कालि सामूदायिक विकास कार्यक्रम(सीडीपी)को सहयोगमा निर्माण भएको महिला समूहहरुलाई सहकारीमा परिणत गरेर कोशी गाउँपालिकाले अभिभागत्वको भुमिका निर्वाह गरेको बताउनुभयो । वहाँले कोशी ७ हरीपुर संस्थागत हस्तान्तरण कार्यक्रममा तत्काल हरिपुर स्थित कोशी ७ को वडा कार्यालयमा छुट्टै कोठा, कार्यालय, फर्निचर,कम्यूटर सहितको उपकरण, सेयर सदस्यहरुलाई एकै खालको सारी पोसाक हस्तान्तरण गरेको जानकारी दिनुभयो । वहाँले आफू महिलामैत्री काम गर्ने र विकासमा महिलाको सहभागिता र साझेदारीमा थप योगदान गर्नका लागि गाउँपालिका दुई हजार बढी महिलाहरुलाई सहकारीमा आवद्ध गराएको स्मरण गराउनुभयो । महिलाहरुको विकास भएको खण्डमा आर्थिक विकास र परिवारमा समेत सार्थक विकास हुने भएकाले सहकारी हस्तान्तरण गरेको बताउनुभयो । वहाँले कोशी १ लौकहीमा निर्माण भएको सप्तकोशी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पनि हस्तान्तरण केही दिनमै गर्ने बताउनुभयो ।  
कोशी महिला बचत तथा ऋण सहकारीमा कोशी गाउँपालिकाका ३ वटा वडा र सप्तकोशी सहकारीमा ५ वटा वडाका महिला, समूह संस्थाका सदस्यहरु आवद्ध रहेका छन् । हस्तान्तरण कार्यक्रममा कोशी गाउँपालिकाका विभिन्न वडाका महिला, सहकारी संस्थाका सदस्यहरु, वडाबासी तथा गाउँटोलबासीहरुको उत्साहजनक सहभागीता रहेको संस्थाका अध्यक्ष गिता पौडेलले जानकारी दिनुभयो । सहकारीले कोशी गाउँपालिकाको महिलाहरुलाई संगठित र एतिकृत गरेको बताउदै अध्यक्ष पौडेलले संस्था खोल्न देखी कार्यालय संचालनसम्म कोशी अध्यक्ष ऐयुव अंसारी, उपाध्यक्ष अनितादेवी यादवको महत्पूर्ण सहयोग रहेको बताउनुभयो । वहाँले सहकारीको कार्यमा सहयोग गर्न मधेसी तथा थारू समुदायका महिलाले मनाउने आस्था, निष्ठा र कठोर उपबासको पर्व जितियामा जितिया महोत्सव, तीजमा तिज महोत्सव सहितका कार्यक्रममा पनि सहयोग गरेको बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अनितादेवी यादवले विपन्न, सीमान्तकृत देखी सम्पन्न परिवारलाई समेत समेटीएर सहकारी बनाएको बताउनुभयो । यादवले स्थानीयहरुले आफ्नै बचत गर्ने र आफ्नै बचतबाट सहुलियतमा ऋण समेत लिन पाउने भएकाले सहकारीको विकासमा योगदान गरेको बताउनुभयो । कोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चोलाराज दंगालले गाउँपाकिलाभरीका दुई हजार बढी महिलालाई सहकारीमा जोड्ने काम गरेकोमा पालिकाको प्रशंसा गर्नुभयो । वहाँले महिलाहरुको उत्थान, विकास र सहभागितामा पनि सहकारीले योगदान गर्ने बताउनुभयो । कोशीका निवर्तमान प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र गिरीले नेपालभरी नै यो संस्था नमुना र ख्याती कमाउने सहकारी बन्ने दावी गर्नुभयो । वहाँले महिलाहरु मात्रै भएकोले यो इमान्दार सहकारीको रुपमा स्थापीत हुने बताउनुभयो ।
कोशी गाउँपालिका सहकारी समन्वय समितिका अध्यक्ष तजमुल हुसेनले महिलाहरुको मात्रै सहभागिता रहेको कोशीको नमुना सहकारी कोशी महिला बचत तथा ऋण सहकारी संस्था हुने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष विन्देशवर यादव, साह जमाल, सुलेमान मंसुरी, सहकारीकर्मीहरुले महिला सहकारी स्थापना भएकोमा शुभकामना दिनुभयो ।
कार्यक्रममा अथिति अमृता सुब्बाले देश विकासको मेरुदण्डको रुपमा सहकारी स्थापीत भईहरेको बेला कोशीमा महिलाको सहभागितामा निर्माण भएको संस्थाको प्रसंसा गर्नुभयो ।
यसैबीच महिलाहरुको बचत र व्याज वापतको जम्मा भएको दुई लाख ५० हजार रुपियाँको चेक समेत हस्तान्तरण गरिएको अध्यक्ष ऐयुव अंसारीले बताउनुभयो । सोही कार्यक्रममा २९ वटा साविक महिला सचेतना केन्द्रका सहजकर्ताहरुलाई सम्मान गरेको जनाएको छ । सम्मानित हुनेहरुमा चन्द्रकला नेपाल, गिता पौडेल, कल्पना यादव, जानकप् शिवाकोटी, मुन्नी मेहता, अनुखा मण्डल, सिमल सरदार, सुधादेव सरदार, सन्ध्या यादव, रुपा यादव, राधादेवी मोची, सागर चौधरी, सुलेखा झा, मिना यादव, सविता यादव, सर्मिला चौलागाई, सुनिता यादव सहित रहनुभएको छ । त्यसैगरी ममता कुमारी मेहता, बन्दना कुमारी झा, चन्दादेवी यादव, सरिता सुतिहार, मिना झा, अनिला खहरखेर सहित रहनुभएको छ ।