दुहवीका एक पुरुषको कोरोनाका कारण मृत्यु – Nagarikabhiyan : National News

दुहवीका एक पुरुषको कोरोनाका कारण मृत्यु

इनरुवा । सुनसरीको दुहवी नगरपालिका ५ का एक जनाको कोरोनाको कारणले मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारणले मृत्यु हुनेमा दुहवी नगरपालिका ५ का ६० वर्षिय पुरुष एक रहेको कोशी अस्पतालका डा लक्ष्मि नारायण यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार विरामी भई उपचारका लागि आएकोमा ती पुरुषको आईसोलेनमा उपचारको क्रममा स्वाव परीक्षण गर्दा कोरोना पुष्टी भएको र मगंलबार विहान मृत्यु भएको हो ।