नारी दिवशमा विभिन्न क्षेत्रका महिला सम्मानित
२४ फाल्गुन २०७८, मंगलवार १८:२३
सनुसरीको विभिन्न स्थानीय तहमा ११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रयाली, गोष्ठी, अन्तरकृया र सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्ला सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले मंगलबार आफ्नो अगुपाई तथा मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा क्रियाशिल संस्थाहरूको सहभागितामा संयुक्त रूपमा ¥याली सहित कोण सभा सम्पन्न गरेको छ ।
इनरुवामा ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ लोकतान्त्रिक चौक, इनार चौक, बसचौक हुदै इनरुवा नगरपालिकामा कोण गरिएको थियो ।
त्यसैक्रममा इनरुवा नगरपालिकाले नगर क्षेत्रबाट पहिलो एसएलसी पास गर्ने महिला, पहिलो महिला पत्रकार चन्दा रायमाझी, पहिलो महिला कवि विमला पोखरेल, प्रधानाध्यापक गंगा बराल, महिला चिकित्सक पुजा दास, गायक राधा सुबेदी, फुटबल खेलाडी आशिका बोहरा, मौलिक भाषागत गायिका राजकुमारी चौधरी, अपांगता क्षेत्रमा योगदान गर्ने रुकमणि घिमिरे सहित १० जनालाई सम्मान गरेको छ ।
इनरुवाको पहिचानमा महिला भएर पहिलो पटक योगदान गर्ने शिक्षा, स्वास्थ्य, कला, साहित्य, संस्कृति, खेल, समाजिक क्षेत्रका महिलाहरुलाई ११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्मान गरेको इनरुवा उपप्रमुख जमुना गौतम पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अथिति प्रदेश सासद ज्योती सुब्बाले महिलाहरुको सशत्तीकरण आवश्यक रहेको बताउनुभयो । विषेश अथिति नगर प्रमुख राजन मेहताले महिलालाई नेतृत्वमा ल्याउनुपर्ने र त्यसका लागि महिलाहरुले आफै आवाज उठाउनुपर्ने धारणा राख्नुभयो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले महिलाहरुलाई स्रोत, सम्पती, सत्ता र शिक्षामा समान पहुच नभएसम्म अधिकारको कुरा पूर्ण प्रत्याभुती गर्न नसकिने बताउनुभयो । यादवले महिलाहरुको हितमा ऐन कानुन भएपनि त्यसको अनुभुती गर्न नपाएको गुनासो बेलाबखतमा आएको बताउनुभयो ।
यसैबीच भोक्राहा नरसिंह ६ नम्बर वडा कार्यालयको सहयोगमा सामुदायिक परिवर्तन केन्द्र नेपाल, मानव अधिकार समूह र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त रूपमा अन्तरकृया आयोजना गरेको छ । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकामा मानव अधिकार समूह सहितको सहभागितामा दाईजो प्रथा विरुद्धको अन्तरकृया सम्पन्न भएको छ । कार्यक्रममा संस्था अध्यक्ष तथा मानव अधिकार समूहका सचिव बेलाल अंसारी, सल्लाहकार सेराज हुसेन, सदस्य पुजा मण्डल, इन्सेक प्रतिनिधि जयकृष्ण यादव,मोलाहा मुनजिर मंसुरी सहितकाले बोल्नुभएको थियो ।
यसैबीच भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालयको आयोजनामा अन्तरकृया तथा सम्मान कार्यक्रम दिवशकै अवसरमा सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममा मानव अधिकार समूहका भोक्राहा नरसिंह अध्यक्ष ममता उराँवले अझै पनि नेपालमा महिलामाथि हुने हिंसाहरूमा कमी नआएको बताउनुभयो । उहाँले इन्सेकले सार्वजनिक गरेको वर्ष पुस्तक २०२२ मा समावेश भएका घटनाको झण्डै ६० प्रतिशत महिला हिंसाको रहेको बताउनुभयो । महिलाहरूलाई हिंसाबाट जोगिने र हिंसा पीडितलाई स्वास्थ्य सेवाबाट वन्चित नगर्ने अवस्थाका लागि अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
यस्तै भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम कुमारी मेहताले लैङ्गिक हिंसाले महिलाको साथै पुरुषहरूको पूर्णक्षमताको प्रयोगमा नकारात्मक असर पर्नुको साथै आर्थिक विकास र महिला सशक्तीकरणको बाटोमा अवरोध सिर्जना भएको भन्दै हिंसा न्यूनिकरणका लागि सबैले साझा एजेण्डाको रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।
मेहताले महिलामाथि हुने हिंसा न्यूनिकरण अभियानमा पुरुषलाई पनि सँगसँगै अघि बढाउनुपर्ने बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत बाबु नन्दन मेहताले महिला र पुरुष दुवैले समान अपनत्व ग¥यो भने समाजमा लैङ्गिक हिंसा न्यूनिकरणमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले भोक्राहा नरसिंह अध्यक्ष रामकुमार मेहताले हिसाँ अन्त्यका लागि सबैले आफैबाट सुरुवा गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली काग्रेंसका गाउँ सभापती युवराज दाहालले आधा आकाश ढाकेका नारी जातिहरुका लागि नारी दिवस अत्यन्त महत्वपूर्ण दिन भएको बताउनुहुदै महिलालाई सम्मान गर्नुपर्ने र समान कामको सामान ज्यालाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । नारीहरुको हक अधिकार स्थापित गर्न सामाजिक, आर्थिक, शैक्षिक राजनितिक, दृष्टिकोणले सबै तहमा नारीको बाहुल्यतालाई अगाडि बढाएर लैजानको लागि पनि यो दिवसले इटा थप्ने काम गरेको जनता समाजवादी पार्टीका गाउँ समिति अध्यक्ष महेन्द्र यादवले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले अन्याय, अत्याचारमा फसेका शोषण र दमनमा परेका महिला मुक्तिका लागि आवाज बुलन्द गर्ने यो ऐतिहासिक दिवस भएको बताउनुभयो । यादवले नेपालमा वि.सं. १९७५ देखि मनाउन थालिएको तर पछिल्लो समय नेपालका धेरै महिलाहरु सार्वजनिक क्षेत्रमा प्रवेशसँगै रोजगारीको अधिकार सुनिश्चिता अझै बढाउनुपर्ने बताउनुभयो । महिलाहरुलाई अधिकारका लागि शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।
यसैबीच महिलाको क्षेत्रमा योगदान गर्ने अगुवा महिलाहरुलाई सम्मान पनि गरेको छ । मानव अधिकार समूहका अध्यक्ष ममता उराँव, पूर्व समूह अध्यक्ष तथा रोजगार संयोजक शोभा कुमारी मेहता, प्रधानाध्यापक मुन्नी यादव सहित ८ जनालाई सम्मान गरेको छ ।
१, सम्मानीतहरुको तस्विर पनि छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया