गैरसरकारी संस्था महासंघमा न्यौपाने निर्वाचित
१९ फाल्गुन २०७८, बिहीबार १९:२७
सुनसरीको विभिन्न गैरसरकारी संस्थाहरुको छाता संस्थाको रुपमा रहेको गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा सुनसरीको नवौं अधिबेशन तथा १४ औ वार्षिक साधारण सभा धरानमा सम्पन्न भएको छ ।
गैससहरुको सामूहिक एकता, गैससमैत्री ऐन निर्माणमा एक्यवद्धता भन्ने मुलनाराको साथ गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखाको अधिबेशन तथा बार्षिक साधारण सभाले मेघराज न्यौपानेको अध्यक्षतामा १७ सदस्य जिल्ला कार्य समिति निरविरोध चयन गरेको छ ।
अधिबेशनले न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको निर्वाचन समितिका अधिकृत दिपेन्द्र कार्कीले जानकारी दिनुभयो । महासंघको जिल्ला उपाध्यक्षमा रामशुन्दर मेहता,सचिबमा अमर राई,उपसचिबमा शान्ती दनुवार र कोषाध्यक्षमा मजुद्धिन अंसारी चयन हुनुभएको छ । त्यसैगरी जिल्ला सदस्यमा क्रमशः कमला खत्वे, नईम अंसारी, सरिता कार्की घिमिरे, बिमला घिमिरे, दयालाल चौधरी, प्रमान्नद मेहता, जमुना सिग्देल, दिलकुमारी राई, इन्द्रमाया विश्वकर्मा, कल्पना चौधरीलाई निरविरोध निर्बाचित गरेको कार्कीले जानकारी दिनुभयो । यसअघि अधिवेशनको एक कार्यक्रमको बिच उद्घाटन गर्नुहुदै गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रिय उप महासचिव उमेश विश्वकर्माले गैरसरकारी संस्थाले सरकारसंग प्रत्यक्षरुपमा नजिक रहेर पुलको काम गरीरहेको भन्दै नीति निर्माण र कार्यान्वयनमा गैर सरकारी संस्थाको अहम भूमिका रहेकोले यसलाई सबैको समर्थन र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल प्रदेश १ का इन्चार्ज छविलाल खतिवडा,केन्द्रिय सदस्य तथा सह इन्चार्ज सिता शर्मा, प्रकाश अधिकारी, प्रदेश सचिव लखनलाल साह, बालकृष्ण ओझा, चन्द्रकान्द विश्वास, सम्भु अधिकारी, खगेन्द्र पोखरेल, निवर्तमान अध्यक्ष विनोद विश्वकर्मा लगाायतकाले अधिवेशन सफलताको शुभकामना दिदै आगामी दिनहरुमा गैर सरकारी संस्था महासंघले शुसासन, विकास र नागरिकको अधिकारको पक्षमा काम गर्नको लागी सफलता मिलोस भनेर शुभकामना दिएका थिए ।
वक्ताहरुले सबैलाई खबरदारी गरेर सरकार र नागरिकको बीचमा पुलको रुपमा काम गर्न सकोस भन्दै अधिशेशन सफलताको शुभकामना समेत दिनुभएको थियो । कार्यक्रम सस्थाका निर्वाचन अध्यक्ष विनोद विश्वकर्माको अध्यक्षतामा उद्घाटन सत्र र निर्वाचित अध्यक्ष मेघराज न्यौपानेको अध्यक्षतामा समापन सत्र सम्पन्न भएको थियो । गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखाको अधिबेशन तथा बार्षिक साधारण सभामा जिल्लाका ५० गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया